2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा अत्याधुनिक हतियारसहित तीन पक्राउ

फागुन १८, राँझा । बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो । 

 डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द