२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको गोआर बञ्जारालाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग

२२ फाल्गुन २०७८, आईतवार ११:१९

फागुन २२, बाँके । बर्दियाको गुलरियामा बर्सौँदेखि बसोबास गर्दै आएका गोआर बन्जारा जातिले आफूहरुलाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग गरेका छन् । 

आफ्नो छुट्टै मातृभाषा र परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना र इतिहास भएको गोआर बञ्जारा जातिलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगरेकोप्रति गोआर जातिले दुःखेसो पोखेका छन् । यो जातिको बसोबास बर्दियाको गुलरिया नगरपालिकामा मात्र रहेको छ । 

पहिले व्यापार व्यवसाय गर्ने, गाउने बजाउने, एक ठाउँबाट आर्कौ ठाउँमा हिँडडुल गर्ने बञ्जारा जाति अहिले खेती तथा मजदुरी पेशा गरेर बर्दियाको गुलरियामा बसेका छन् । सामाजिक तथा आर्थिक रुपमापछि परेका यस जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गरी राज्यबाट पाउने सेवा सुविधा पाएमा आफ्नो समुदाय अघि बढने उनीहरुले बताएका छन । 

नेपालमा गोआर बञ्जार जातिको जनसङ्ख्या एक हजार १५२ रहेका छन् । तीमध्ये ६१५ पुरुष र ५३६ महिला छन् । गुलरिया नगरपालिका–१ मा ती जातिका ३८० पुरुष र ३४६ महिला त्यस्तै वडा नं ३ मा २३५ पुरुष र १९१ महिला बसोबास गर्दै आएका छन् । 

जिल्ला प्रशासन कार्यालय बर्दियामा नेपाल गोआर बञ्जारा सङ्घ गुलरिया बर्दिया नामको संस्था २०७४ सालमा दर्ता गरेर पटक–पटक सरकारलाई मागपत्र बुझाउँदा पनि आफ्नो समस्या समाधान नभएको सङ्घका अध्यक्ष हुकुमसिंह बञ्जाराले बताउनुभयो । देशभरमै आफ्नो समुदायको जनसङ्ख्या एक प्रतिशतभन्दा पनि कम भएकाले आफ्नो जातिलाई लोपोन्मुख जातिमा समावेश गराउन सङ्घले माग गरेको छ । 

तीन चार पटक सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै पनि सुनुवाइ नभएको बञ्जारा उत्थान सङ्घका अध्यक्ष बञ्जाराले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो समुदायबाट ‘कोही मान्छे नेता छैन, कसैले आवाज उठाउन सक्दैन, आफू ३ कक्षा पढेको व्यक्ति समाजको अध्यक्ष भएको छु ।”  

नेपालमा कम जनसङ्ख्या रहको जातिलाई एउटा सीमाभित्र राखेर लोपोन्मुख जातिमा सूचीकृत गरेर विभिन्न किसिमका सेवा सुविधा दिएको छ, तर गोआर बञ्जार जातिलाई लोपउन्मुख जातिमा समावेस नगरेकोमा बञ्जारा समुदायका श्यामनारायण सिंह बञ्जाराले दुःखेसो पोख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान