Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाको गोआर बञ्जारालाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, बाँके । बर्दियाको गुलरियामा बर्सौँदेखि बसोबास गर्दै आएका गोआर बन्जारा जातिले आफूहरुलाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग गरेका छन् ।

आफ्नो छुट्टै मातृभाषा र परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना र इतिहास भएको गोआर बञ्जारा जातिलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगरेकोप्रति गोआर जातिले दुःखेसो पोखेका छन् । यो जातिको बसोबास बर्दियाको गुलरिया नगरपालिकामा मात्र रहेको छ ।

पहिले व्यापार व्यवसाय गर्ने, गाउने बजाउने, एक ठाउँबाट आर्कौ ठाउँमा हिँडडुल गर्ने बञ्जारा जाति अहिले खेती तथा मजदुरी पेशा गरेर बर्दियाको गुलरियामा बसेका छन् । सामाजिक तथा आर्थिक रुपमापछि परेका यस जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गरी राज्यबाट पाउने सेवा सुविधा पाएमा आफ्नो समुदाय अघि बढने उनीहरुले बताएका छन ।

नेपालमा गोआर बञ्जार जातिको जनसङ्ख्या एक हजार १५२ रहेका छन् । तीमध्ये ६१५ पुरुष र ५३६ महिला छन् । गुलरिया नगरपालिका–१ मा ती जातिका ३८० पुरुष र ३४६ महिला त्यस्तै वडा नं ३ मा २३५ पुरुष र १९१ महिला बसोबास गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा नेपाल गोआर बञ्जारा सङ्घ गुलरिया बर्दिया नामको संस्था २०७४ सालमा दर्ता गरेर पटक–पटक सरकारलाई मागपत्र बुझाउँदा पनि आफ्नो समस्या समाधान नभएको सङ्घका अध्यक्ष हुकुमसिंह बञ्जाराले बताउनुभयो । देशभरमै आफ्नो समुदायको जनसङ्ख्या एक प्रतिशतभन्दा पनि कम भएकाले आफ्नो जातिलाई लोपोन्मुख जातिमा समावेश गराउन सङ्घले माग गरेको छ ।

तीन चार पटक सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै पनि सुनुवाइ नभएको बञ्जारा उत्थान सङ्घका अध्यक्ष बञ्जाराले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो समुदायबाट ‘कोही मान्छे नेता छैन, कसैले आवाज उठाउन सक्दैन, आफू ३ कक्षा पढेको व्यक्ति समाजको अध्यक्ष भएको छु ।”

नेपालमा कम जनसङ्ख्या रहको जातिलाई एउटा सीमाभित्र राखेर लोपोन्मुख जातिमा सूचीकृत गरेर विभिन्न किसिमका सेवा सुविधा दिएको छ, तर गोआर बञ्जार जातिलाई लोपउन्मुख जातिमा समावेस नगरेकोमा बञ्जारा समुदायका श्यामनारायण सिंह बञ्जाराले दुःखेसो पोख्नुभयो ।