२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिम प्रदेशको सवारीसाधन दुर्घटनामा वृद्धि

२५ फाल्गुन २०७८, बुधबार ११:०१

फागुन २५, डडेल्धुरा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ । सो दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते तथा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका गरी कुल ३६९ जना समान्य घाइते भएका छन् । त्यस्तै सो अवधिमा दुर्घटनामा परेर प्रदेशभर २७ चौपायाको मृत्यु र सात घाइते भएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दुर्घटनाका प्रमुख कारण तीव्रगति, ओभरटेक, चालक निदाउँदा, मोबाइलको प्रयोग र मापसे रहेको जानकारी दिनुभयो । दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको उहाँको भनाइ छ । पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडिबडीका कारण पनि दुर्घटना बढेको बताइएको छ । 

यसैगरी सवारी साधनमा झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि दुर्घटना बढेको उहाँको भनाइ छ । सडकमा देखिएको खाल्टाखुल्टी, घुम्तीमोड, उकाला,ओरालो, जीर्ण कच्ची सडकका कारण पनि दुर्घटना हुने गरेको चालक बताउँछन् । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आइरहेको भएपनि दुर्घटनामा कमि ल्याउन नसकेको प्रहरी निरीक्षक सिंहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह