पढ्न करिब 1 मिनेट लाग्छ

चैत ८, रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् । साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेकाे आराेप छ ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फरार छन् । पीडित महिलाकाे स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ ।

पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएकाे छ ।

दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शाैच गर्न गएकाे बताइएकाे छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । पीडितले गुहार मागेर हाेहल्ला गरेपछि पटेल फरार भएका थिए ।