2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव


  चैत्र २०, सिमकोट | हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।

जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ ।

दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिनीलगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् ।

दैनिक दिन उपभोग गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य बस्तुबाट वञ्चित हुनु परेको छ ।

बजारमा फाट्टफुट्ट पाइने तेलको पनि बहुमूल्यमा बिक्री हुने गरेको छ ।

एक पोका धारा तेलको २ सय ५० र स्वस्तिक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरू समेत मर्कामा पर्दै आएका छन् ।  त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।

एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि विभिन्न सामग्रीको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवतजावत गर्न पाएका छन् ।  

शनिबार मात्रै नेपालगन्जबाट दुई तीन फ्लाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर, पनि यहाँका व्यवसायीले नेपालगन्जको भन्दा दोब्बर मूल्यमा बिक्री गरेका छन् ।

नेपालगन्जमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानित ढंगले मूल्य असुल्ने र बिक्री गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक