२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मेलौली नगरपालिकाका टोलहरुमा बिद्युत विस्तार हुदैँ

२०७८, २६ चैत्र शनिबार ०६:४०

चैत्र २६, बैतडी | बैतडीको मेलौली नगरपालिकाका गाउँटोलहरुमा विद्युतसेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार  आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत टान्सफर्मर राखिएसंगै गाउँटोलहरुमा विद्युत सेवा सुचारु भएको हो । 

गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए । 

गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । 

मेलौली केही टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन् । 

पोल गाडिएका उक्त टोलहरुका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौली २का वडाअध्यक्ष महेन्द्र चन्दले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ