2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दक्ष जनशक्ति पलायन राेक्न सरकारले नै चाहेन : चन्द

चैत्र २७, भैरहवा | नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेकाे आराेप लगाएका छन् । 

नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा राेक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै  विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । ‘नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति छन् । तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेकाे छ ।’ उनले भने ।  

उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनकाे मारमा परेकाे उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । ‘नेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछाैँ ,’ उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेकाे अध्यक्ष चन्दले बताए । 

२०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।

चन्दको नेतृत्वमा २५ सदस्यीय समिति

महासंघको तीन वर्षे कार्यकालका लागि शंकरबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । भैरहवामा सम्पन्न अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनयकुमार यादव र राजेन्द्रप्रसाद प्रजापति चयन भएका छन् । यसैगरी महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन् । 

सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह-कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, बाबुराम पाठक, रामविनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगत जोशीले जानकारी दिए । यस्तै, महासंघको सदस्यहरूमा गोविन्दराम पन्थ, एकराज गजुरेल, टंकबहादुर बुढा, रामआशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दीपबहादुर ऐर र शिवशंकर महतो निर्विरोध चयन भएकाे कानुनी सल्लाहकार समेत रहेका जोशीले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द