2026-09-12 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवा बिमानस्थलमा अचानक आगलागी हुँदा.

 चैत २८, भैरहवा | निर्माण सम्पन्न भई संचालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साझ ७ बजेर १४ मिनेटमा हिले बिमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान आपतकलिन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो ।   

साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो । 

उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए ।

विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना सिक्स्तलाई तत्काल एम्बुलेन्स बाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु¥याइएयो  ।

यि सवै घटना भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो ।

संचालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलो पटक रात्रीकालिन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए । 

विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन, विमानस्थलमा दुर्घटना भए त्यसको तयरी के कस्तो छ कमीकमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदिप अर्यालले भने ।  अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालिन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे । 

प्रत्येक२  वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनु पर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफु कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दहालले जानकारी दिए । उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस