२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विद्युत सामग्रीको चरम दुरुपयोग

२९ चैत्र २०७८, मंगलवार ०४:००

चैत २९, बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ । 

जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ । 

स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् । 


खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए । 

उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् । 



यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरका लाथि छडको सट्टा विद्युतका खम्बाहरु प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत खम्बाहरुको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत पोलहरु तेर्साएर  माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत आयोजना निर्माण हुदाँ उनि आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत सामग्रीको दुरुपयोग गरेको स्थानीयबासीको भनाई छ । 

यस्तै केही ठाउँमा ठेकेदारको लापरवाहीले गर्दा गाउँघरमा विद्युत  तार र पोल पुगाइएको छ ।  तर, जडान गरिएको छैन् । तार, पोल तथा टान्सफर्मरहरु अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६को विभिन्न खोलाहरुमा तार, पोल तथा मेसिनहरु अपलत्र छाडिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली