२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

योजनाका सम्झौताको लागि हिउँ छिचोल्दै सिमकोट पुगे लिमीका स्थानीय

२९ चैत्र २०७८, मंगलवार १३:१४

चैत्र २९, सिमकोट | बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन् ।

लिमीबाट तीन दिन हिँडेर उनीहरू सदरमुकाम सिमकोट पुगेका हुन् । आफूहरूले सो क्रममा ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको लिमी तिल गाउँका स्थानीय सोनाम तामाङले बताए ।

साउन मैनादेखि लागुहुने आर्थिक वर्ष चैत महिना सकिनै लाग्दा यस वर्ष निर्माण गर्नुपर्ने तीन वटा विकासे योजनाको सम्झौताका लागि नारा लेखको चार फिटको  हिउँ छिचोलेर आउनु आफूहरूको बाध्यता भएको उनले बताए ।

तामाङसहित हल्जी गाउँबाट तीन जना प्रदेश सरकारअन्तरगत भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा सञ्चालन हुने चौरी स्रोत केन्द्रको विस्तार योजनाको सम्झौताका लागि आइपुगेका हुन् ।

यो चालु आर्थिक वर्ष चौरी स्रोत केन्द्रका योजनाका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पचास लाख बजेट विनियोजित भएको छ ।

समयमा बजेट सम्झौता नभरे सबै बजेट फ्रिज हुने सम्भावना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय भनेपछि आफूहरू हिउँको प्रवाह नगरी जोखिम पूर्ण यात्रा गरेर सदरमुकाम आएको उनीहरूको भनाइ छ ।

तीन गाउँ रहेको लिमी गाउँका तिल गाउँबाट पनि विद्युत् योजनाको सम्झौताका लागि तीन जना आएका छन् । जाङ गाउँबाट सडक निर्माणको योजनाका लागि पनि तीन जनाको टोली आएको छ।

आउँदै गरेको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि योजना सम्झौला ढिलो गर्दा काम गर्न नसकिने भएको कारण नाम्खा गाउँपालिका लिमीका स्थानीय योजनाका लागि सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

नाम्खा गाउँपालिका लिमी गाउँमा बसेको उपभोक्ता समितिको बैठकले चालु आर्थिक वर्षको योजना सम्झौताका लागि टोली सदरमुकाम पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह