२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

योजनाका सम्झौताको लागि हिउँ छिचोल्दै सिमकोट पुगे लिमीका स्थानीय

२०७८, २९ चैत्र मंगलवार १३:१४

चैत्र २९, सिमकोट | बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन् ।

लिमीबाट तीन दिन हिँडेर उनीहरू सदरमुकाम सिमकोट पुगेका हुन् । आफूहरूले सो क्रममा ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको लिमी तिल गाउँका स्थानीय सोनाम तामाङले बताए ।

साउन मैनादेखि लागुहुने आर्थिक वर्ष चैत महिना सकिनै लाग्दा यस वर्ष निर्माण गर्नुपर्ने तीन वटा विकासे योजनाको सम्झौताका लागि नारा लेखको चार फिटको  हिउँ छिचोलेर आउनु आफूहरूको बाध्यता भएको उनले बताए ।

तामाङसहित हल्जी गाउँबाट तीन जना प्रदेश सरकारअन्तरगत भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा सञ्चालन हुने चौरी स्रोत केन्द्रको विस्तार योजनाको सम्झौताका लागि आइपुगेका हुन् ।

यो चालु आर्थिक वर्ष चौरी स्रोत केन्द्रका योजनाका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पचास लाख बजेट विनियोजित भएको छ ।

समयमा बजेट सम्झौता नभरे सबै बजेट फ्रिज हुने सम्भावना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय भनेपछि आफूहरू हिउँको प्रवाह नगरी जोखिम पूर्ण यात्रा गरेर सदरमुकाम आएको उनीहरूको भनाइ छ ।

तीन गाउँ रहेको लिमी गाउँका तिल गाउँबाट पनि विद्युत् योजनाको सम्झौताका लागि तीन जना आएका छन् । जाङ गाउँबाट सडक निर्माणको योजनाका लागि पनि तीन जनाको टोली आएको छ।

आउँदै गरेको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि योजना सम्झौला ढिलो गर्दा काम गर्न नसकिने भएको कारण नाम्खा गाउँपालिका लिमीका स्थानीय योजनाका लागि सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

नाम्खा गाउँपालिका लिमी गाउँमा बसेको उपभोक्ता समितिको बैठकले चालु आर्थिक वर्षको योजना सम्झौताका लागि टोली सदरमुकाम पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने