राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संच"/>
2026-09-12 12:58 AM
समाज

मिर्चैयमा कार्यालय सहयोगीको भरमा आयुर्वेद औषधालय संचालन

राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संचालन भईरहेको छ । विभिन्न वाहाना देखाएर औषधालयका प्रमुख कविराज राकेश कुमार यादव नियमित उपस्थित नभएपछि कार्यालय सहयोगीले सवै काम गर्दै आएको हो । 

प्रमुख यादब प्रत्येक महिनाको अत्यतिर आएर महिना भरीको हाजिरी गरेर तलव खाने गरेको स्थानीयले बताए ।  स्थानियका अनुसार प्रमुख यादब महिनामा मुस्किलले १० दिन कार्यालयमा उपस्थित हुने गरेका छन् ।  कविराजलाई नियमित रुपमा कार्यालयमा उपस्थित हुन अनुरोध गरेपनि उहाँले कुनै सुनुवाई नगरेको स्थानीयहरुले गुनासो गरे । स्थानीयले जिल्ला आयुर्वेद औषधालयमा खवर गरेपनि कुनै सुनवाई नभएको बताए । औषधालयमा बैध नियमित रुपमा उपस्थित नहुने भएपछि आफुले बाध्यताबस विरामीहरुलाई उपचार गर्ने गरेको कार्यालय सहयोगी रामकुमार यादवले बताए । आफूले सामान्य ग्याष्ट्रिक, कव्जियत, प्रेसर जस्ता समस्याको औषधी दिने गरेको उनले बताए । पहिला वेला वेलामा आउने गरेको भएपनि पछिल्लो दिनमा सरको गाउँमा घर वनिरहेकोले कम आउन थालेको कार्यालय साहयोगी यादवले बताए । 

यता, जिल्ला आयुर्वेद औषधालय, सिरहाका प्रमुख वरिष्ठ कविराज नरेन्द्र प्रसाद पटेलले आफूसँग स्थानीयको गुनासो आएको बताउनु भयो । स्थानीयको गुनासो आएपछि आफूले पटक पटक नियमित रुपमा उपस्थित हुन निर्देशन दिएपनि उनले नटेरेको निरिहता प्रकट गरे । प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले आफूलाई यो विषयमा अहिलेसम्म जानकारी नभएको भन्दै अव सम्वन्धि कार्यालय मार्फत तुरुन्त स्पष्टिकरण सोध्ने प्रतिक्रिया दिए । रौतहट मदनपुर ४ घर भएका यादब गाउँमा घर वनिरहेकोले कार्यालयमा नियमित उपस्थित हुन नसकेको फोनमा स्वीकार गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस