भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आग"/>

३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्यास सिलिन्डर पड्किएर आगलागी

१५ भाद्र २०७३, बुधबार ०५:२७

भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उहाँको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ । 

सोही आगलागीमा परी उहाँकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो