राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा"/>
2026-11-02 03:33 AM
समाज

सिराहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित, व्ल्याकवोर्ड समेत प्रयोग भईरहेको श्रोतको दाबी

राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा अमर्यादित हुने गरेको छ । परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको भेटिएको छ ।

क्याम्पस प्रमुख किशोर कुमार साह आफै वसेर परीक्षा लिइरहेकोप्रति क्याम्पसका धरै शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । एक शिक्षकले यसरी परीक्षा संचालन गरेर क्याम्पसको भविष्यलाई धरापमा पारेको बताए । आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुखले परीक्षा मनपरी तरीकाले संचालन गरेको छ, यसले क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको उनेले भने ।

परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर परीक्षामा चिठ वनाउने गरिरहेको नाम नबताउने सर्तमा एक शिक्षकले बताए । परीक्षामा सहलेश कलेज लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए । परीक्षा निरीक्षणको लागि केन्द्रिय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिका थियो ।

उहाँहरुको उपस्थितिवारे कलेज प्रमुखसँग जिज्ञासा राख्दा एक जना शिक्षक प्रवेश पत्र लिएर आउन पाउँने बताए । परीक्षाकेन्द्रमा खिचिएको फोटो डिलेट गर्न समेत दवाव दिएको थियो । त्यहँ, सहलेश कलेज लहान, रामजानी कलेज सुखिपुर, सरस्वाती कलेज मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । परीक्षामा व्ल्याकवोर्ड र चिट समेत प्रयोग हुने गरेको श्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द