राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा"/>
२०८२, २३ चैत्र सोमबार
समाज

सिराहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित, व्ल्याकवोर्ड समेत प्रयोग भईरहेको श्रोतको दाबी

२०७३, १५ भाद्र बुधबार ११:४२

राम नारायण पंडित, भदौ १५, सिरहा । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा अमर्यादित हुने गरेको छ । परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको भेटिएको छ ।

क्याम्पस प्रमुख किशोर कुमार साह आफै वसेर परीक्षा लिइरहेकोप्रति क्याम्पसका धरै शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । एक शिक्षकले यसरी परीक्षा संचालन गरेर क्याम्पसको भविष्यलाई धरापमा पारेको बताए । आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुखले परीक्षा मनपरी तरीकाले संचालन गरेको छ, यसले क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको उनेले भने ।

परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर परीक्षामा चिठ वनाउने गरिरहेको नाम नबताउने सर्तमा एक शिक्षकले बताए । परीक्षामा सहलेश कलेज लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए । परीक्षा निरीक्षणको लागि केन्द्रिय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिका थियो ।

उहाँहरुको उपस्थितिवारे कलेज प्रमुखसँग जिज्ञासा राख्दा एक जना शिक्षक प्रवेश पत्र लिएर आउन पाउँने बताए । परीक्षाकेन्द्रमा खिचिएको फोटो डिलेट गर्न समेत दवाव दिएको थियो । त्यहँ, सहलेश कलेज लहान, रामजानी कलेज सुखिपुर, सरस्वाती कलेज मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । परीक्षामा व्ल्याकवोर्ड र चिट समेत प्रयोग हुने गरेको श्रोतको दाबी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै