२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा विमानस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित

२६ बैशाख २०७९, सोमबार १०:०३

वैशाख २६, डडेल्धुरा | डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मुल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको उनले बताए। डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले जानकारी दिए।

विमालस्थल निर्माणका लागि २०७२ सालमा प्रारम्भिक सर्वेक्षण सुरु गरी थालनी गरिएकोमा गत कात्तिकमा सर्भे सुरु भएको थियो। २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो।

२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न प्रयास भएका थिए। वातावरणीय प्रभाव मुल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेकोले अब छिट्टै डडेल्धुरामा विमानस्थल बन्ने विमानस्थल निर्माणका अभियान्ता डा‍. तारा जोशीको भनाइ छ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सातवटै पहाडी र दुईवटा तराईका जिल्लामा विमानस्थल रहेको छ। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल बन्न सकेको छैन ।

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आय स्तरमा समेत बृद्धि हुने डा. जोशीको भनाइ छ। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनी बताउँछन्।

Avatar

गत कात्तिकमा डडेल्धुरा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए जति आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने प्रतिबद्धता व्यक्त गरका थिए।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँ सम्म पुग्ने कालोपत्रे बाटोको समेत रहेको छ। पुइलेकदेखि वयलडाँडा सम्मको १६ सय मिटर जग्गामा विस्तृत सम्भाव्यता अध्ययनसंगै वातावरणिय प्रभाव मूल्यांकन सहितको थप काम अगाडि बढेको हो।

के के भयो विमानस्थल निर्माणका लागि ?

ईन्जिनियर मुकुन्द भण्डारीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणको पहिलो टोली डडेल्धुरा आएको थियो। अमरगढी ३ र भागेश्वर ४ को सिमाना जोडिएको विरादे, अमरगढी १ को दहव्यारेक, नवदुर्गा ३ को डाडावन र अजयमेरु १ को पुईलेकमा प्रारम्भीक सर्वेक्षण गरिएको थियो।

पहिलो पटक आएको टोलीले २०७२ मा प्रारम्भिक अध्ययन गरी अजयमेरुको पुईलेकमा सम्भाव्य स्थानका रुपमा सिफारिस गर्‍याे । त्यसपछि सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्सीलाई जिम्मा लगाईयो र कन्सल्टेन्सीले डीपीआर निर्माण गर्‍याे । वातावरणीय प्रभाव मुल्यांकनका लागि प्रक्रिया अगाडि बढाउन सिफारि गर्‍याे।

अहिले वातावरणीय प्रभाव मूल्यांकनसँगै विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता भएको विमान स्थल निर्माणका अभियन्ता डा‍. तारा जोशीले बताएका छन्। विमानस्थलको निर्माण छिटोमा तीन वर्ष र ढिलोमा पाँच वर्ष लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ