Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मिर्चैयामा बजार अनुगमन, म्याद गुज्रेका समान नियन्त्रणमा लिईयो

By kit 4 मिनेट पढाइ

राम नारायण पंडित/भदौ १७, सिरहा । सिरहाको मिर्चैयामा आज संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत पवन गुप्ताको संयोजनमा गरिएको बजार अनुगमनको क्रममा मिर्चैयामा रहेको बिभिन्न पसलहरुबाट म्याद गुज्रेका सैयौ बोतल पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ ।

अनुगमन टोलीले मिर्चैयाको आरती कोल्ड स्टोर, एम.एस. डिपार्टमेन्ट स्टोर, बिग बजार डिपार्टमेन्ट स्टोर, शिवानी कोल्ड स्टोर, भवानी कोल्ड स्टोर र चौधरी कोल्ड स्टोरमा अनुगमन गरी करीब ५ सय बोतल फेन्टा, स्लाईस, कोक लगायतका पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ । खास गरेर पेयपदार्थको म्याद गुज्रेको नगुज्रेको भनी अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत गुप्ताले बताए । उ

क्त क्रममा केहि राजनिवास र गुमती पनि फेला परेकोले नियन्त्रणमा लिईएको उनले थपे । नियन्त्रणमा लिईएको समानहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाईएको छ । उक्त समानहरुलाई स्थानिय व्यापारी, सम्बन्धित सरोकारबाला र पत्रकारको रहोबरमा नष्ट गरिने अनुगमन टोलीले बताए ।

अनुगमन टोलीमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका खाद्य निरिक्षक श्रृजन जोशी, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रतिनिधि राजेन्द्र लाल कर्ण, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक बेद पौडेल, ईलाका प्रशासन कार्यालय लहान, सशस्त्र प्रहरी सिमा सुरक्षा बल मिर्चैया, व्यापार संघ मिर्चैयाका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।

यता, अनुगमन टोली आएको जानकारी पाएको पाएपछि केहि पसलेहरु पसल बन्द गरि फरार भएका थिए । सिरहाको लहान, गोलबजार, मिर्चैया, बन्दिपुर लगायतका स्थानहरुमा सरोकारबालाहरुको कमिकजारीले म्याद गुज्रेका मात्र नभई चर्को मुल्यमा सरसमानहरु बिक्री भईरहेको बताईएको छ ।