2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

जेठ २, भैरहवा | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ। मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो ।

माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल सञ्चालन गरिरहेका अनिश अहमदले आइतबार दिउँसो पनि केहीबेर व्यवसाय बन्द गर्न प्रशासनले दबाब दिएको बताए । उनका अनुसार आज सोमबार भने बिहानैदेखि पसल खोल्न प्रशासनले रोक लगाएको छ । उनले भने, ‘हिजो (आइतबार) पूर्वअभ्यास भन्दै बिहान १० बजेदेखि १ बजेसम्म यहाँको पसल खोल्न दिइएन । आज त बिहानैदेखि कसैले पनि व्यवसाय खोल्न पाएनन् ।

लुम्बिनीको मुख्य व्यवसायिक केन्द्र पर्सा चोकमा रहेका पसल व्यवसायहरु सोमबार बिहानैदेखि खुलेका छैनन् । ठूला व्यवसायिक प्रतिष्ठानहरूदेखि साना ठेला गाडाहरूमा किनबेच ठप्प भएको छ ।

लुम्बिनीमा बौद्ध पूर्णिमाका दिन पर्यटक आगमन धेरै हुने हुँदा व्यवसायीहरू सधैं उत्साहित रहन्थे । तर, यस पटक भने मोदी आउने भएपछि विशिष्ट सवारीलाई सुरक्षाको कारण देखाउँदै पसल खोल्न नदिएपछि व्यवसायीहरु निरास भएका छन् ।

लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्, ‘बौद्ध पूर्णिमामा यहाँका स्थानीयका लागि मात्रै होइन व्यवसायीका लागि पनि उत्सवको दिन हो । पर्यटकको आवागमनले अघिपछि चलायमान भइरहेको व्यवसाय बौद्ध पूर्णिमाकै दिन ठप्प भएको छ । व्यवसायीहरू निराश छन् ।’

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराज कार्कीका भनाइमा मोदीको आगमनका लागि सुरक्षाको प्रबन्धअनुसार व्यवसायहरू बन्द गरिएका हुन् । उनी भन्छन्, ‘भीआईपी सवारीका लागि सुरक्षा मिलाउने क्रममा भिडभाड नहोस् भन्नका लागि व्यवसाय बन्द गरिएका हुन् ।’

लुम्बिनीसँग स्थानीयलाई जोड्न नसकेको भन्दै समयसमयमा आलोचना हुने गरेको छ । बर्षौदेखि बौद्ध पूर्णिमा मनाइरहेका स्थानीयका लागि मोदीको भ्रमणले खासै उत्साहित बनाएको छैन ।

‘लुम्बिनीभित्र के हुन्छ भन्ने कुराले हामी बाहिरका लाई खासै मतलब हुँदैन,’ एक व्यवसायी भन्छन्, ‘तर नयाँ बर्ष, बौद्ध पूर्णिमामा यहाँका स्थानीय व्यवसायीहरू उत्साहित हुने गर्दथे । यसपटक बिहानैदेखि पसल बन्द गरेर बस्नु परेको छ ।’

पर्साचोक वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द