२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्‍ज महानगरपालिकाको प्रमुखमा पहिले हराउनेलाई अहिले हराउँदै सिंह

९ जेष्ठ २०७९, सोमबार ०५:५६

जेठ ९, काठमाडौँ | उद्योग व्यवसायी हुँदै वीरगञ्‍ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् । 

मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन् । 


अर्थात् समाचार तयार गर्दासम्मको विवरणअनुसार सरावगीले २० हजार २०५ मत पाएका छन् । प्रतिस्पर्धी राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्‍जले जनाएको छ । सरावगी एमाले र सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

२०७४ मा सरावगी तत्कालीन सङ्‍घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए । 

सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी तेस्रो भएका थिए । यस पटक भने उनी पहिले जितेका सरावगीलाई हराउँदै जित सिंह नजिक पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन