प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृत"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हस्तीचौरमा भव्य तिज गीत प्रतियोगिता

२०७३, १८ भाद्र शनिबार १२:२८

प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृतिय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

   पौदीअमराईको श्रृंगा कृयाशिल युवा क्लाव तृतिय भएको छ । हस्तीचौर ताल्तुङ्गको देविस्थान माविले सन्तवान पुरस्कारमै चित्त बुझाउनु परेको छ । त्यस्तै दोहलीको ढाँडा स्थित कालिका निमाविकी १० वर्षिया वालिका उत्कृष्ट नृत्यकारका रुपमा पुरस्कृत भएकी छिन् ।

  हस्तीचौरको हर्पुकोट खेल मैदानमा भएको प्रतियोगितामा  क्षेत्र ३ का १९ वटा गाविसका महिलाहरु सहभागि रहेको नेपाली कांग्रेस हस्तीचौरका सभापति चुराबहादुर खत्रीले जानकारी दिए ।  तिज गीतका नाममा मौलाउँदै गएको झाम्रे विकृतीलाई हटाउँदै मौलिक तिज संस्कृतिलाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको  सभापति खत्रीले बताए ।

  कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले यस वर्षको तिज नेपाली महिलाहरुलाई गौरवमय ईतिहाँस रचेको तिजका रुपमा लिएर मनाउनु पर्ने धारणा राखे ।  राष्ट्रपति महिला , सभामुख पनि महिला यसै वर्ष फेरी प्रधानन्याधिश  पनि महिला  नेपाली महिलाहरुका लागि यो भन्दा गौरवको विषय के हुन सक्छ ? श्रेष्ठले  यस्तो भन्ने प्रति प्रश्न गरे । 

श्रेष्ठले भने– ‘यसर्थ पनि  यस वर्षको तीज नेपाली महिलाहरुका लागि गौरवमय भएकोले विगतका तिज भन्दा बढि खुशीका साथ मनाउन आग्रह गर्दछु ।’ उनले अव बन्ने संघिय संरचनामा स्थानिय निकाय देखि राज्यको माथील्लो निकाय सम्म महिलाहरुको नेतृत्व  संविधानले  सुरक्षित गर्ने भएकोले पनि नेपाली महिलाहरुले गर्व गर्नु बताए ।

    कार्यक्रममा सो पार्टीका जिल्ला कोषाध्यक्ष हरिबहादुर खत्री , क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापति भगतसिंह खड्का ,  जिल्ला सदस्य थम्मन केसी , नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष भरत भलामी लगायतले मन्तव्य राखेका थिए ।

   कार्यक्रममा हस्तीचौर गाविस सचिव नरबहादुर अर्याल र नेपाली कांग्रेसका क्षेत्रिय नेता देखि स्थानि नेताहरुको  पनि आतिथ्यता रहेको थियो ।   तीज गीतका अलवा  हास्य कलाकार अर्जुन कुँवर ( पितृ बा ) र सविन क्षेत्री ( चिली गाण्टे )   त्यस्तै लोक गायक हरि खत्री, गणेश अधिकारी लगायतले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

  । नेपाली कांग्रेस हस्तीचौरका सभपति चुराबहादुर खत्रीको अध्यक्षतामा चलिरहेको कार्यक्रममा सचिव हिमबहादुर सुनारको स्वागत मन्तव्य र  अर्का सचिव मनबहादुर खत्रीको सञ्चालन रहेको थियो ।

सभापति श्रेठ सहित दर्जनौ सम्मानित 

यसै विच नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ सहित दर्जनौंलाई सो पार्टीको हस्तीचौर गाउँ कार्य समितिले सम्मानित गरेको छ । 

बृहत तिज गीत प्रतियोगिताको अवसरमा सभापति श्रेष्ठले हस्तीचौरको विकास निर्माणमा पार्टीको तर्फबाट पहल गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल तरुण दलका क्षेत्रिय सभापति भगतसिंह खड्का , नेपाली कांग्रेसका जिल्ला सदस्य थम्मन केसीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा पत्रकार प्रेम सुनार, रेसुङ्गा टेलिभिजनका मार्केटिङ्ग म्यानेजर मोहन बस्नेत , कलाकार अर्जुन कुँवर ( पितृ बा ) , सविन क्षेत्री . ( चिलि गाण्टे ) लगायतका कलाकार र कार्यक्रमलाई सहयोग पुराउने दर्जनौ महानुभावलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस