प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृत"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हस्तीचौरमा भव्य तिज गीत प्रतियोगिता

१८ भाद्र २०७३, शनिबार १२:२८

प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृतिय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

   पौदीअमराईको श्रृंगा कृयाशिल युवा क्लाव तृतिय भएको छ । हस्तीचौर ताल्तुङ्गको देविस्थान माविले सन्तवान पुरस्कारमै चित्त बुझाउनु परेको छ । त्यस्तै दोहलीको ढाँडा स्थित कालिका निमाविकी १० वर्षिया वालिका उत्कृष्ट नृत्यकारका रुपमा पुरस्कृत भएकी छिन् ।

  हस्तीचौरको हर्पुकोट खेल मैदानमा भएको प्रतियोगितामा  क्षेत्र ३ का १९ वटा गाविसका महिलाहरु सहभागि रहेको नेपाली कांग्रेस हस्तीचौरका सभापति चुराबहादुर खत्रीले जानकारी दिए ।  तिज गीतका नाममा मौलाउँदै गएको झाम्रे विकृतीलाई हटाउँदै मौलिक तिज संस्कृतिलाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको  सभापति खत्रीले बताए ।

  कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले यस वर्षको तिज नेपाली महिलाहरुलाई गौरवमय ईतिहाँस रचेको तिजका रुपमा लिएर मनाउनु पर्ने धारणा राखे ।  राष्ट्रपति महिला , सभामुख पनि महिला यसै वर्ष फेरी प्रधानन्याधिश  पनि महिला  नेपाली महिलाहरुका लागि यो भन्दा गौरवको विषय के हुन सक्छ ? श्रेष्ठले  यस्तो भन्ने प्रति प्रश्न गरे । 

श्रेष्ठले भने– ‘यसर्थ पनि  यस वर्षको तीज नेपाली महिलाहरुका लागि गौरवमय भएकोले विगतका तिज भन्दा बढि खुशीका साथ मनाउन आग्रह गर्दछु ।’ उनले अव बन्ने संघिय संरचनामा स्थानिय निकाय देखि राज्यको माथील्लो निकाय सम्म महिलाहरुको नेतृत्व  संविधानले  सुरक्षित गर्ने भएकोले पनि नेपाली महिलाहरुले गर्व गर्नु बताए ।

    कार्यक्रममा सो पार्टीका जिल्ला कोषाध्यक्ष हरिबहादुर खत्री , क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापति भगतसिंह खड्का ,  जिल्ला सदस्य थम्मन केसी , नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष भरत भलामी लगायतले मन्तव्य राखेका थिए ।

   कार्यक्रममा हस्तीचौर गाविस सचिव नरबहादुर अर्याल र नेपाली कांग्रेसका क्षेत्रिय नेता देखि स्थानि नेताहरुको  पनि आतिथ्यता रहेको थियो ।   तीज गीतका अलवा  हास्य कलाकार अर्जुन कुँवर ( पितृ बा ) र सविन क्षेत्री ( चिली गाण्टे )   त्यस्तै लोक गायक हरि खत्री, गणेश अधिकारी लगायतले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

  । नेपाली कांग्रेस हस्तीचौरका सभपति चुराबहादुर खत्रीको अध्यक्षतामा चलिरहेको कार्यक्रममा सचिव हिमबहादुर सुनारको स्वागत मन्तव्य र  अर्का सचिव मनबहादुर खत्रीको सञ्चालन रहेको थियो ।

सभापति श्रेठ सहित दर्जनौ सम्मानित 

यसै विच नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ सहित दर्जनौंलाई सो पार्टीको हस्तीचौर गाउँ कार्य समितिले सम्मानित गरेको छ । 

बृहत तिज गीत प्रतियोगिताको अवसरमा सभापति श्रेष्ठले हस्तीचौरको विकास निर्माणमा पार्टीको तर्फबाट पहल गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल तरुण दलका क्षेत्रिय सभापति भगतसिंह खड्का , नेपाली कांग्रेसका जिल्ला सदस्य थम्मन केसीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा पत्रकार प्रेम सुनार, रेसुङ्गा टेलिभिजनका मार्केटिङ्ग म्यानेजर मोहन बस्नेत , कलाकार अर्जुन कुँवर ( पितृ बा ) , सविन क्षेत्री . ( चिलि गाण्टे ) लगायतका कलाकार र कार्यक्रमलाई सहयोग पुराउने दर्जनौ महानुभावलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य