२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पुर्चौडीका नवनिर्वाचित जनप्रतिनिधिकाे निर्णय- सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दि

११ जेष्ठ २०७९, बुधबार ०९:२१

जेठ ११, बैतडी | बैतडीको पुर्चाेडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै केही  निर्णय पनि गरिएका छन् । 

पुर्चौडी नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ । 


यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चाेडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

यसैगरी नगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन निशुल्क गर्न विद्यार्थीहरूको भर्ना तथा पठनपाठन शुल्कबापतको रकम शाेधभर्ना गर्ने निर्णय पनि भएको छ । 

पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय पनि गरिएको छ । 

पुर्चौडी नगरपालिकाले जनयुद्धका बेला सहिद परिवारलाई वार्षिक २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ । नगर प्रमुख दीपकबहादुर बमले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा सो निर्णय गरिएको हो । 

नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेसँगै निवर्तमान नगर प्रमुख रण बहादुर कुवँर र उपप्रमुख जानकी ऐर बमको बिदाई पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह