भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु

१९ भाद्र २०७३, आईतवार ०४:३३

भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो । 

त्यस्तै गएराति नै ८ बजेतिर जिल्लाको औरही बजारबाट घर फर्किने क्रममा रातु खोला तर्दै गरेकी पशुपतिनगर गाविस–६ बस्ने बिर्जु महराकी पत्नी ५० वर्षीया पवित्रा महरालाई सो खोलामा अचानक आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

खोला तर्ने बेलामा अचानक आएको बाढीले बगाएर लगेका बुलनको शव प्रहरीले बर्दिबास–१२ स्थित खोलामा फेला पारेको थियो भने महिला महराको शव जिल्लाको सीतापुर भङ्गहा–३ स्थित सोही खोलामा फेला पारेको थियो । मृतक दुवैजनाको शव आज बिहान शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा