२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र

१६ जेष्ठ २०७९, सोमबार ११:५४

जेठ १६, बैतडी | पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल महिला संघ बैतडी जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो । 

पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बलात्कारका घटनाका दोषीमाथि कडा कारबाही गनुपर्ने, समाजमा भएका सबै खाले हिंसा, अन्याय, अत्याचार तथा भेदभावका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरिएको अनेम संघका जिल्ला इन्चार्ज सरस्वती नेपालीले बताइन्  । 


पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य बस्तुहरूको मुल्य नियन्त्रण गरी सर्वसुलभ, सहज र सुपथ मूल्यमा पाउने व्यवस्था गर्न र कृत्रिम अभाव हुन नदिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।  

सोही मागहरू सहित राष्ट्रिय युवा संघ नेपाल दशरथचन्द नगर कमिटी बैतडीले पनि ज्ञापनपत्र पेस गरेको छ । संघका नगर अध्यक्ष नन्द बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीलाई बुझाइएको हो । भारतीले उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह