Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

By साझासवाल 2 मिनेट पढाइ

जेठ १८, हुम्ला | सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए ।

भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन् । यसले न्याय प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिन् ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले जिल्लाको कुनै पनि निकायमा सेवा ग्राहीमैत्री काम हुनुपर्ने बताए ।