२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्टुडियो मै छिरेर पत्रकार माथि कुटपिट

२०७९, २० जेष्ठ शुक्रबार ०८:४३

जेठ २०, बझाङ | बझाङमा रेडियोको स्टुडियो भित्र पसेर एक व्यक्तिले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला सदरमुकाम चैनपुर स्थित जयपृथ्वी एफएम कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका छन् ।

मदिरा सेवन गरेर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रसारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए । एक मृतकका आफन्तको श्रद्धाञ्जली सन्देश प्रसारण गराउनका लागि रेडियो स्टेसन पुगेका बोहराले मृतकको नाम नै नभएको सन्देश प्रसारण गर्न दबाब दिएको र आफूले नमाने पछि स्टुडियो भित्र पसेर कुटपिट गरेको उनले बताए ।


‘स्टुडियोमा काम गरिरहेको थिए, अरू साथीहरु पनि आआफ्नो कार्यकक्षमा काम गरिरहेका थिए । उनले ल्याएको सन्देशमा मृतकको नाम नै थिएन, मृतकको नाम ल्याएर आउनुहोस्, अनि प्रसारण गरौंला भन्दा अश्लिल गाली गर्दै कुटपिट गर्न थाले,’ उनले भने उनले अपशब्द प्रयोग गर्दै चैनपुरमा बस्न नदिने र ज्यान मार्ने धम्कीसमेत दिएको धामीले बताए ।

बोहराको कुटपिटबाट पत्रकार धामीको हातमा चोट लागेको छ । कुटपिटमा संलग्न बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रेडियोका अध्यक्ष प्रताप ओलीले सञ्चारकर्मी धामी माथि कुटपिट गर्ने बोहरालाई कारबाहीको माग गरेका छन् । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गाली बेइज्जती तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति रेडियो परिवार घोर आपत्ति जनाउँछ । घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरमा ल्याई कानुनबमोजिम कारबाहीमा माग गर्दछौं,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन् ।

पत्रकार माथि भएको कुटपिटको घटनाको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ बझाङ र प्रेस चौतारी नेपालले पनि विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । विज्ञप्तिमा दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन