२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा सर्वोच्चको फैसला विरोधमा उर्लियो जनसागर

२२ जेष्ठ २०७९, आईतवार १३:०९

जेठ २२, बारा | बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो । 

बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकालगायतका स्थानमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा प्रदर्शन हुँदै आएको छ । बाराका विभिन्न सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना गरेका छन् ।

बाराको निजगढमा बनाउने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध आज निजगढमा जनसागर ओर्लिएको हो । देश र जनताको विपक्षमा आएको फैसलाको भन्दै स्थानीयहरूले त्यसको विपक्षमा विरोध गर्दै आएका हुन् । सम्मानित अदालत भन्दैमा उसले जथाभाबी गरेको निर्णय मान्नुपर्ने कुनै बाध्यता नभएको भन्दै उनीहरूले विरोध गरेको बताएका छन् । 

आयोजना निर्माण गर्ने क्रममा सरकारले कुनै गल्ती र त्रुटि गरेको भए सच्याउन अदालतले आदेश दिन सक्ने उनीहरूले बताएका छन् । तर, आफ्नो कार्य क्षेत्रबाहिर गएर अदालतले पनि कुनै निर्णय गर्न नहुने उनीहरूको भनाइ छ । सर्वोच्चको यो फैसला शक्तिपृथकीकरणको सिद्धान्त विपरीत पनि भएको दाबी उनीहरूले गरेका छन् । निजगढको आन्दोलनकै कारण संसदीय समितिले कानुनी अड्चन हटाएर विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारलाई निर्देशन दिएको एमाले बारा जितपुरसिमराका नेता मनोज पौडेलले बताए । 

उनीहरूले भारत सरकार नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्याक निर्माणको विपक्षमा रहँदै आएको र त्यहीअनुरूप अदालतको फैसला पनि आएको हुनसक्ने  आशंका गरेका छन् । फैसलामा नेपाललाई हवाई यातायातमा सधैँ परनिर्भर तुल्याउने आशय रहेको हुँदा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा ६२/६३ को जस्तै आन्दोलन गर्ने कोल्हवी सरोकार समितिका संयोजक ढुण्डिराज उप्रेतीले बताए । उनले राष्ट्रघाती फैसलाविरुद्ध जनस्तरबाट प्रतिवाद गरिनुपर्ने उनले बताए । संयोजक उप्रेतीले अदालतको फैसला जनविरोधी र विकास विरोधी भएको बताएका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)का निजगढ नगर अध्यक्ष भीमसेन सापकोटाले सर्वोच्चको फैसलापछि संसदीय समितिको नाममा सरकारलाई जारी गरिएको भनिएको निर्देशन जनतालाई भ्रममा पार्न मात्रै आएको बताए । 

यस्तै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले आफूहरूले विगतमा पनि निजगढ लगायत देशका विभिन्न विकास निर्माणको योजना सफल पार्न दबाबमूलक आन्दोलन गर्दै आएको बताए । निजगढ निर्माणमा पनि  सबै पक्षसँग सल्लाह र सहयोग लिएर निरन्तर विरोध गर्ने बताए ।

स्थानीयले अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको छन्, फैसला पुनरावलोकन नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने उनीहरूले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ