2026-09-12 05:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा सर्वोच्चको फैसला विरोधमा उर्लियो जनसागर

जेठ २२, बारा | बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो । 

बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकालगायतका स्थानमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा प्रदर्शन हुँदै आएको छ । बाराका विभिन्न सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना गरेका छन् ।

बाराको निजगढमा बनाउने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध आज निजगढमा जनसागर ओर्लिएको हो । देश र जनताको विपक्षमा आएको फैसलाको भन्दै स्थानीयहरूले त्यसको विपक्षमा विरोध गर्दै आएका हुन् । सम्मानित अदालत भन्दैमा उसले जथाभाबी गरेको निर्णय मान्नुपर्ने कुनै बाध्यता नभएको भन्दै उनीहरूले विरोध गरेको बताएका छन् । 

आयोजना निर्माण गर्ने क्रममा सरकारले कुनै गल्ती र त्रुटि गरेको भए सच्याउन अदालतले आदेश दिन सक्ने उनीहरूले बताएका छन् । तर, आफ्नो कार्य क्षेत्रबाहिर गएर अदालतले पनि कुनै निर्णय गर्न नहुने उनीहरूको भनाइ छ । सर्वोच्चको यो फैसला शक्तिपृथकीकरणको सिद्धान्त विपरीत पनि भएको दाबी उनीहरूले गरेका छन् । निजगढको आन्दोलनकै कारण संसदीय समितिले कानुनी अड्चन हटाएर विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारलाई निर्देशन दिएको एमाले बारा जितपुरसिमराका नेता मनोज पौडेलले बताए । 

उनीहरूले भारत सरकार नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्याक निर्माणको विपक्षमा रहँदै आएको र त्यहीअनुरूप अदालतको फैसला पनि आएको हुनसक्ने  आशंका गरेका छन् । फैसलामा नेपाललाई हवाई यातायातमा सधैँ परनिर्भर तुल्याउने आशय रहेको हुँदा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा ६२/६३ को जस्तै आन्दोलन गर्ने कोल्हवी सरोकार समितिका संयोजक ढुण्डिराज उप्रेतीले बताए । उनले राष्ट्रघाती फैसलाविरुद्ध जनस्तरबाट प्रतिवाद गरिनुपर्ने उनले बताए । संयोजक उप्रेतीले अदालतको फैसला जनविरोधी र विकास विरोधी भएको बताएका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)का निजगढ नगर अध्यक्ष भीमसेन सापकोटाले सर्वोच्चको फैसलापछि संसदीय समितिको नाममा सरकारलाई जारी गरिएको भनिएको निर्देशन जनतालाई भ्रममा पार्न मात्रै आएको बताए । 

यस्तै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले आफूहरूले विगतमा पनि निजगढ लगायत देशका विभिन्न विकास निर्माणको योजना सफल पार्न दबाबमूलक आन्दोलन गर्दै आएको बताए । निजगढ निर्माणमा पनि  सबै पक्षसँग सल्लाह र सहयोग लिएर निरन्तर विरोध गर्ने बताए ।

स्थानीयले अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको छन्, फैसला पुनरावलोकन नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने उनीहरूले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस