असोज २१, बारा । बारामा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज पनि
प्रदर्शन जारी राखेका छन् । विहीबार उनीहरुले जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै
आगजानीको प्रयास समेत गरेका छन् ।
सिमेन्ट बोकेर वीरगन्जबाट
काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले ट्रकमा
रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले ट्रकको टंकीमा रहेको डिजल झिकेर आगो लगाउने प्रयास गरेका थिए । तर,
तत्काल प्रहरी घटनास्थलमा पुग्दा ट्रक आगलागीबाट जोगिएको जनाइएको छ ।