२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

व्यापारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने पक्राउ

२० कार्तिक २०७२, शुक्रबार ०१:३२

कात्तिक २०, बारा /
व्यापारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने एक जनालाई प्रहरीले आज बिहान पक्राउ
गरेको छ ।

कलैया–२ अवधापुरका २९ वर्षका गणेश पटेललाई प्रहरीले
पक्राउ गरेको हो ।  उनी नेकपा माओवादीका कार्यकर्ता रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय
बाराबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान कलैयाको अवधापुरबाट पटेललाइ व्यपारीसँग पैसा असुल
गर्न आएका बेला पक्रेको हो ।

उनको साथबाट बा १३ प १३०३
नम्बरको मोटरसाइकल समेत बरामद गरिएको बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले बताउनुभयो

संघीय समावेशी मधेसी मोर्चाको नाममा पटेलले कलैयाका फेन्सी
व्यापारी पुरुषोत्तम केशरीको सामान सहितको मोटरसाइकल नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ माग गरेकाले
उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मल्लले जानकारी दिनुभयो ।


पिलुवाबाट सामान लिएर आउँदै गरेका व्यापारी केशरीका मान्छेलाई कलैया २ अवधापुरमा रहेको
हनुमान मन्दिर नजिक पटेल सहितका दुई जना व्याक्तिले सामान र मोटरसाइकल नियन्त्रणमा लिएका थिए

घटनास्थलमा पुगेका व्यापारी केशरीसँग पटेल र नेकपा
माओवादी बाराका सेक्रेटरी उमेश यादवले ५० हजार रुपैयाँ दिए पछि मात्रै सामान छाडने बताएपछि केशरी पैसा
लिनका लागि पटेललाई सँगै लिएर घरमा आएको र उनले कलैया बजारमा आएपछि प्रहरीलाइ फोन गरेर खबर गरेका थिए

पटेललाई प्रहरीले पक्राउ गरे लगत्तै माओवादीका जिल्ला
सेक्रेटरी यादव व्यापारी केशरीको ना २२ प १६४२ नम्बरको मोटसाइकल लिएर फरार भएको र उनको पनि खोजी भइरहेको
बारा प्रहरीले बताएको छ ।

दुई दिन पहिले पनि पटेल र यादवको
समुहले बाराको महेशपुरबाट मधुवनका एक जना व्यापारीसँग १० हजार रुपैयाँ असुलेको जिल्ला प्रहरी कार्यालय
बाराका एक प्रहरी अधिकृतले बताए ।

उनिहरुले बन्दहडतालका
बेला उद्योग किन चलाएको भन्दै धम्की दिएर मनहर्वामा रहेको रिलायन्स चिनी मिलका सन्चालकसँग पनि डेढ लाख
रुपैयाँ असुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पटेललाई
जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक मल्लले जानकारी
दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने