Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 20, 2016 बारा - BR, समाज

नेपाल मगर संघ बाराको पाँचौ अधिवेशन शनिबार सम्पन्न

By साझासवाल 5 मिनेट पढाइ

फागुन ८ पथलैया । नेपाल मगर संघ बाराको पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । बाराको
पथलैयामा रहेको नेपाल राष्ट्रिय उच्च माविमा भएको उदघाटन सत्रको नेपाल मगर संघका निर्वतमान अध्यक्ष एवं
आदिवासी जनजाति उत्थान प्रतिष्ठानका निवर्तमान उपाध्यक्ष झक बहादुर थापा मगरले गर्नुभएको हो

उदघाटन सत्रमा नेपाल मगर संघ पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, केन्द्रीय सदस्य देवी
श्रीष मगर, नेपाल मगर संघ मकवानपुरका सल्लाहाकार प्राध्यापक मधुकर सिंह गलामी मगर, नेपाल मगर युवा संघका
केन्द्रीय अध्यक्ष अशोक सारु मगर, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे मगर,
एमाओवादी बाराका अध्यक्ष जयराम दाहाल, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाराका अध्यक्ष रुपलाल
चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मगर संघ बाराका अध्यक्ष नेत्र बहादुर
पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर कलाकार सुर्य पूर्वछाने मगर र रञ्जिता थापा मगरले
विभिन्न गीतहरुले मनोरञ्जन प्रदान गरेका थिए । यसअघि विभिन्न भेषभुषामा सजिएका मगर समुदायले झाँकी सहित
पथलैया बजार परिक्रमा गरी पुनः विद्यालय परिसरमा पुगेर सभाको आयोजना गरेको मगर संघ पथलैया इकाईका
अध्यक्ष राजकुमार थापा मगरले जानकारी दिनुभयो ।

अखण्ड नेपाल पार्टीको जिल्ला कार्यसमिति पर्साको
कार्यसमिति आज चयन गरिएको छ । वीरगन्जको बसपार्क नजिक रहेको होटल रानीपोखरीमा भएको पार्टीको भेलाले
दिनेश कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा
छविलाल उप्रेती, उपाध्यक्षमा अजयलाल नकर्मी, सचिवमा बाबुराम कार्की, सहसचिवमा प्रद्युम्न कार्की,
कोषाध्यक्षमा सरिता माया कार्की रहनु भएको छ ।

 

त्यस्तै सदस्यहरुमा मञ्जय कुमार
दास, सविना सापकोटा, दिनेश खड्का, मुकेश श्रीवास्तव, लक्ष्मी उप्रेती, सावित्री गिरी लगायत रहेका छन् ।
यसअघि युवा मञ्चले आयोजना गरेको अन्तरकृया कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद कुमार
खड्का, महासचिव केश बहादुर केसी, सचिव डा.प्रदिप ढकाल, सचिवालय सदस्य भरत बहादुर बस्नेत, केन्द्रीय
सदस्य रामकृष्ण बस्नेत तथा जेयष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम शाह, अरुण शाही,
चन्द्रनारायण सिंह रिजाल लगायतको सहभागिता रहेको थियो । युवा मञ्च पर्साका अध्यक्ष दिनेश कार्कीको
अध्ययक्षतामा भएको हो । कार्यक्रममा ६३ जनाले अखण्ड नेपाल पार्टी प्रवेश गरेको नयाँ चयन भएका अध्यक्ष
दिनेश कार्कीले बताउनुभयो ।