2026-11-01 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

जेठ २९, बैतडी | बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ताे हात घर फर्किन बाध्य भए । कारण- दिनभर लाइनमा बसेपनि पालो नै आएन । र अन्तिममा दुई दिन सार्वजनिक बिदा रहेकाले सोमबार आउन भनियो ।

भौगोलिक विकटता र बैंकिङ झन्झटका कारण दुःख भएको लाभग्राहीको गुनासो छ । सिगासको वडा न.५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुईदेखि तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

वडास्तरमै भत्ता पाउने व्यवस्था गर्न सिगासका लाभग्राहीको माग छ । अहिले गाजरीमा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षाभत्ता बुझ्न समस्या भइरहेको छ । तीन देखिचार महिनाको भत्ता एकैपटक निकासा हुँदा बैंकहरूमा भत्ता बुझ्नेको भिड लाग्ने गर्दछ । 

वृद्ध कालु लुहारले भने, ‘अहिले मात्र नभई बिरामी परेका बेला, बर्षातका बेला र हिउँ परेका बेलासमेत हामी यसैगरी भिरपाखाको बाटो भएर भत्ता बुझ्न आउँछौँ, बुढेसकालमा भत्ता बुझ्न धेरै दुःख पाइन्छ ।’

विगतमा वडा कार्यालयबाटै वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंकिङ प्रणालीबाट वितरण हुन थालेको हो । 

बिजुली नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । बैंकमा बिजुली र भरपर्दो इन्टरनेट नहुदाँ समस्या छ । त्यहाँ बैंक खुलेको केहि समय त इन्टरनेटले कामै नगर्दा कारोबार हुनै सकेको थिएन। अहिले सोलारबाट कामकाज गरिन्छ । तर, घाम नलागेको दिन काम गर्न सकिदैन,’  बैंकका शाखा प्रमुख साउदले भने ।

सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द