३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा आन्दोलनकारीद्वारा एम्बुलेन्समा आगजनी

२१ आश्विन २०७२, बिहीबार ००:५३

असोज २१,
पर्सा /
पर्सामा आन्दोलनकारीले वीरगन्जको नगवामा एउटा एम्बुलेन्समा आगो लगाएका छन्।

बिरामी बोकी भरतपुरबाट वीरगन्ज आएको ना२च ७५८६ नम्बरको एम्बुलेन्समा राति
८स्३० बजेको समयमा आन्दोलनकारीले आगो लगाएका छन्।

भरतपुर
अस्पताल विकास समितिले सञ्चालन गरेको निजी नम्बरको उक्त एम्बुलेन्समा आन्दोलनकारीले आगजनी गरेको जिल्ला
प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले बताए।

उनले वीरगन्ज आएको मौका छोपी अस्पतालका लागि केही औषधि लैजाँदै गरेको एम्बुलेन्सलाई
स्थानीय प्रदर्शनकारीले नियन्त्रणमा लिई चालकलाई बाहिर निकाली आगजनी गरेको जानकारी दिए।

उक्त आगजनीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्समा आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेकाले केही दिनभित्रै उनलाई नियन्त्रणमा लिई मुद्दा
चलाइने नायब उपरीक्षक बोगटीले जानकारी दिए।

यसैबीच अपाङ्गले
रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज लुटेको अभियोगमा दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ

वीरगन्जको छपकैयास्थित इदगाह चोकमा आज साँझ रक्सौलबाट खरिद
गरी ल्याएको आलुप्याज अपाङ्ग व्यक्तिसँग लुटेको अभियोगमा दुईजना स्थानीय युवकलाई पक्राउगरी आवश्यक
अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली