२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

२०७९, ८ असार बुधबार ०६:२२

असार ८, बारा | छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवस्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । 

१० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रा.लि.ले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।

पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको छ । दिउँसो १ देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले चारजना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ । 

सप्तकोशी जलाधारले पेटी ठेकेदारको रूपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न थालिएको छ । प्राधिकरणका इन्जिनियर स्मिता पुन्जालीले पानी परेका बेला काम रोक्ने गरेको बताउँदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने बताए । हाल सिमरा-काठमाडौं हवाई उडान बिहान ६ देखि दिउँसो १ बजेसम्म चारवटा कम्पनीले ५ देखि ६ वटा मात्रै उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने