भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप "/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पुस्तकालय छन्, पाठक शुन्य

२०७३, २२ भाद्र बुधबार ०३:४९

भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो । 

व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ–पुराना गरी चार हजारभन्दा बढौ पुस्तक छन् । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत, सङ्गीत र अन्य विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य र साङ्गीतिक उपकरण पनि राखिएको छ । 

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँ–पुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको बेघाको भनाइ छ । सदरमुकाम फिदिममा यो सँगै विभिन्न सङ्घसंस्था र स्कुल÷क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या पनि शून्यजस्तै छ । 

पाँचथर सामुदायिक पुस्तकालयकी कर्मचारी सङ्गीता देवानले दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाहीँ १०–१२ जना र धेरैजसो शून्य सङ्ख्यामा पाठक आउने गरेको अनुभव सुनाउनुभयो । सदरमुकामबाहेक जिल्लाका याङनाम, यासोक, रानीटार, आङसराङलगायत स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा