2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी

असार २२, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । 

तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने खोल्सामा लगेर फाल्ने काम गरिँदै आइएको थियो । 

उपमहानगरपालिकाले फोहोर प्रशोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेसिन जडान गरिसकेको जनाएको छ तुलसीपुर उपमहानगरपालिका–६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रशोधित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने मेसिनको परीक्षण गरेको छ । यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको जनाइएको छ । 

प्राङ्गारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाख खर्च भएको छ । सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्राङ्गारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट वीरगन्जको नाका हुँदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसँग सहकार्य गरेर छिट्टै सञ्चालनमा ल्याउने बताइन । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उनको भनाई छ ।

उनले उत्पादन भएको मललाई कस–कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर विक्री वितरण गर्ने बताइन् । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्राङ्गारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते