उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/>
उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/>
प्रेम सुनारभदौ २२, गुल्मी । नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ ।
उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी , नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले समेत सहआयोजकको भुमिका निभाएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए ।
जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले समेत रक्तदान गरेका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र र ट्राफिक प्रहरीहरुले समेत रक्तदान गरेका थिए । त्यस्तै आयोजक संस्था लोक तथा दोहरी गित प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थ लगायतका पदाधिकारी लगायतकाले रक्तदान गरेका थिए ।
युवा रेडक्रश सर्कल वुटवलका अध्यक्ष श्रीधर पोखरेल लगायत रक्त सञ्चार केन्द्र वुटवलबाट निशुल्क रुपमा प्राविधिक सहयोग भएको कार्यक्रम निकै प्रभावकारी भएको जिल्लाका अधिकारीहरुले मुल्याङन गरेको बताईएको छ ।
कसैको जिवन रगत अभावका कारण जोखिममा परेको भए अव लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी संग सम्पर्क राख्न अध्यक्ष पन्तले आग्रह गरेका छन् । कलाकारहरुले मनोरञ्जन मात्र पात्र नभएर जनउत्तरदायिक पनि हुनु पर्छ र हुन्छन भन्ने सन्देश पर्वाह गर्न आफुहरुले यस्ता सामाजिक कार्यहरुमा हात हाल्दै आएको उनको भनाई रहेको छ ।