2026-09-12 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

असार २६, बैतडी | बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् । 

सुविधायुक्त शहरकाे रूपमा विकास हुँदै गइरहे पनि गाेकुलेश्वरमा खानेपानीकाे समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गाेकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ । 

बैतडी घर भएका व्यापारी महेश नाथले भने, ‘हाेटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।’ अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजि लगानीमा पानी ल्याएको बताए ।

निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दुषित पानी प्रयोग गरिरहेका छन् । १० बर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताए । 

गोकुलेश्वर बजारका करिब दुई दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानी ल्याएर प्रयोग गर्दा मुहानहरू क्षयीकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउँछन् । उनले भने, ‘व्यवस्थित रुपले पानीको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गइरहन्छ । तर, बजारमा ल्याएर पानी खेर जानुभन्दा मुहानमै बगे मुहान सुक्नबाट बच्नेथियो । अन्धाधुन्द प्रयोग गरिँदा भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थित योजना बनाउनु जरुरी छ ।” 

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थित गर्न आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्तरीय खानेपानी समन्वय समितिले उक्त कार्यविधि तयार गर्ने शैल्यशिखर-५ का वडाअध्यक्ष जनक डाँगाले बताए । ‘नीति तथा कार्यक्रममा समावेश गरेका छौँ, समन्वय समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम अगाडि बढाउछौँ,’ उनले भने ।

यसअघि पाँच वर्षे कार्यकाल बिताएको निर्वतमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थित गर्न कुनै चासो नदेखाएको स्थानियबासीको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस