2026-11-01 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

असार २६, बैतडी | बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् । 

सुविधायुक्त शहरकाे रूपमा विकास हुँदै गइरहे पनि गाेकुलेश्वरमा खानेपानीकाे समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गाेकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ । 

बैतडी घर भएका व्यापारी महेश नाथले भने, ‘हाेटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।’ अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजि लगानीमा पानी ल्याएको बताए ।

निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दुषित पानी प्रयोग गरिरहेका छन् । १० बर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताए । 

गोकुलेश्वर बजारका करिब दुई दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानी ल्याएर प्रयोग गर्दा मुहानहरू क्षयीकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउँछन् । उनले भने, ‘व्यवस्थित रुपले पानीको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गइरहन्छ । तर, बजारमा ल्याएर पानी खेर जानुभन्दा मुहानमै बगे मुहान सुक्नबाट बच्नेथियो । अन्धाधुन्द प्रयोग गरिँदा भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थित योजना बनाउनु जरुरी छ ।” 

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थित गर्न आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्तरीय खानेपानी समन्वय समितिले उक्त कार्यविधि तयार गर्ने शैल्यशिखर-५ का वडाअध्यक्ष जनक डाँगाले बताए । ‘नीति तथा कार्यक्रममा समावेश गरेका छौँ, समन्वय समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम अगाडि बढाउछौँ,’ उनले भने ।

यसअघि पाँच वर्षे कार्यकाल बिताएको निर्वतमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थित गर्न कुनै चासो नदेखाएको स्थानियबासीको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द