२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा गठबन्धनद्धारा जरिवाना नलिन यातायात कार्यालयलाई ज्ञापन पत्र

३ फाल्गुन २०७२, सोमबार ०९:२६

फागुन ३,
बीरगंज । 
मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा
संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन् ।

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल र नाकाबन्दले यस भेगमा बसोबास
गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनिय भएको हुनाले
बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक इश्वर यादवको नेतृत्वमा गएको टोलीले
कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।
22जारी मधेस आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई
मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको
व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख
दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य
नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको
ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए हामी कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना
नहोस भनी चेतावनी समेत दिएको थियो ।
11

साथै टोलीले नारायणी अञ्चल यातायात व्यवस्थाको
सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र बुझाउदै
मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा गठबन्धन
पर्साका सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य फिरोज
बादशाह, विनोद पटेल, क्षेत्र नं. २ का संयोजन अशरफ अलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ