2026-06-25 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा गठबन्धनद्धारा जरिवाना नलिन यातायात कार्यालयलाई ज्ञापन पत्र

फागुन ३,
बीरगंज । 
मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा
संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन् ।

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल र नाकाबन्दले यस भेगमा बसोबास
गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनिय भएको हुनाले
बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक इश्वर यादवको नेतृत्वमा गएको टोलीले
कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।
22जारी मधेस आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई
मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको
व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख
दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य
नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको
ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए हामी कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना
नहोस भनी चेतावनी समेत दिएको थियो ।
11

साथै टोलीले नारायणी अञ्चल यातायात व्यवस्थाको
सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र बुझाउदै
मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा गठबन्धन
पर्साका सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य फिरोज
बादशाह, विनोद पटेल, क्षेत्र नं. २ का संयोजन अशरफ अलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल