२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा गठबन्धनद्धारा जरिवाना नलिन यातायात कार्यालयलाई ज्ञापन पत्र

३ फाल्गुन २०७२, सोमबार ०९:२९

फागुन ३, बीरगंज । मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल
यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन्

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल
र नाकाबन्दले यस भेगमा बसोबास गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक
अवस्था निकै नै दयनिय भएको हुनाले बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक
इश्वर यादवको नेतृत्वमा गएको टोलीले कार्याल22य प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।

जारी मधेस
आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको
लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको
साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि
भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना
नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए हामी
कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो ।
11

साथै टोलीले नारायणी अञ्चल यातायात
व्यवस्थाको सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र
बुझाउदै मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा
गठबन्धन पर्साका सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य
फिरोज बादशाह, विनोद पटेल, क्षेत्र नं. २ का संयोजन अशरफ अलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ? नेपाल वैदेशिक रोजगार व्यावसायी संघ स्थापनाको ३२ बर्षपछि आफ्नै भवनमा