2026-11-01 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीपीसी कलेजद्वारा रेस फर मधेस हाफ म्याराथोन सम्पन्न, उपाधि प्रिन्स मुखियालाई

फागुन ७, वीरगंज । रेस फर मधेस नामक हाफ म्याराथोन २०१६ दौड
प्रतियोगिता आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज पब्लिक कलेजले आयोजना गरेको सो दौड प्रतियोगिता आज
बिहान घण्टाघरबाट शुरु भई नगरको मुख्य चौकहरु माईस्थान , घरिअर्वा, आर्दशनगर, अलखिया मठ , बिर्ता मन्दिर
, गहवा ,घण्टाघर ,भारतीय दूतावास हुदै वीरगंज पब्लिक कलेजको नयाँ भवन मुर्ली वगैचामा गई समापन भएको थियो
।

parsa 1

कलेजका कार्यकारी निर्देशक एवं
प्रो. डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै समाजसेवी एवं गौतम
स्कुलका संचालक निमा लामाले अनुशासनमा बसी एवं लगनशिल भई अध्ययन गर्ने बिद्यार्थी जिवनमा सफल हुने
बताएका थिए । टोल ,छिमेक ,जिल्ला र राष्ट्रको नाम चिनाउन खेलले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै
लामाले सफल खेलाडी बन्न पनि अनुशासन र लगनशिलता अनिवार्य भएको बताए ।

साढे ३ किलो मिटरको हाफ म्याराथोन दौड प्रतियोगितामा छात्र तर्फ प्रथम प्रिन्स मुखिया,
द्वितिय राजेश महतो, तृतिय सुशानत मिश्रा, छात्रा तर्फ शिवागीं कार्की, द्वितिय कबिता यादव,तृतिय अनिता
थापा बिजयी भएका थिए । दौडमा बिजय खेलाडीहरुलाई प्रमुख अतिथी लामा एवं कलेजका निर्देशक शाक्यले संयुक्त
रुपमा पुरस्कार बितरण गरेका थिए ।

parsa 2

सो समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं
प्रवक्ता होमेन्द्र वोगटी,समाजसेवी उर्मिला लामा, होटल मकालुका डायरेक्टर मोहन प्रधान,बिपीसी कलेजका
क्याम्पस प्रमुख बिनय श्रेष्ठ,प्रध्यापक हरीरत्न तुलाधर,युगल प्रसाद साह,बासु कर्ण,कलेजका कोडिनेटर
अरबिन्द श्रेष्ठ ,कलेजका प्रशासन प्रमुख एवं कार्यक्रम संयोजक संकल्प शाक्य ,संघीय समावेसी मधेसी युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादव,सल्लाहकार ओमप्रकास सर्राफ ,बिद्यार्थी फोरम पर्साका अध्यक्ष यशवन्त
यादव,ठाराव ईकाई अध्यक्ष अमोद यादव,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको उपस्तिथी
रहेको थियो ।

parsa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द