2026-09-11 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीपीसी कलेजद्वारा रेस फर मधेस हाफ म्याराथोन सम्पन्न, उपाधि प्रिन्स मुखियालाई

फागुन ७, वीरगंज । रेस फर मधेस नामक हाफ म्याराथोन २०१६ दौड
प्रतियोगिता आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज पब्लिक कलेजले आयोजना गरेको सो दौड प्रतियोगिता आज
बिहान घण्टाघरबाट शुरु भई नगरको मुख्य चौकहरु माईस्थान , घरिअर्वा, आर्दशनगर, अलखिया मठ , बिर्ता मन्दिर
, गहवा ,घण्टाघर ,भारतीय दूतावास हुदै वीरगंज पब्लिक कलेजको नयाँ भवन मुर्ली वगैचामा गई समापन भएको थियो

parsa 1

कलेजका कार्यकारी निर्देशक एवं
प्रो. डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै समाजसेवी एवं गौतम
स्कुलका संचालक निमा लामाले अनुशासनमा बसी एवं लगनशिल भई अध्ययन गर्ने बिद्यार्थी जिवनमा सफल हुने
बताएका थिए । टोल ,छिमेक ,जिल्ला र राष्ट्रको नाम चिनाउन खेलले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै
लामाले सफल खेलाडी बन्न पनि अनुशासन र लगनशिलता अनिवार्य भएको बताए ।

साढे ३ किलो मिटरको हाफ म्याराथोन दौड प्रतियोगितामा छात्र तर्फ प्रथम प्रिन्स मुखिया,
द्वितिय राजेश महतो, तृतिय सुशानत मिश्रा, छात्रा तर्फ शिवागीं कार्की, द्वितिय कबिता यादव,तृतिय अनिता
थापा बिजयी भएका थिए । दौडमा बिजय खेलाडीहरुलाई प्रमुख अतिथी लामा एवं कलेजका निर्देशक शाक्यले संयुक्त
रुपमा पुरस्कार बितरण गरेका थिए ।

parsa 2

सो समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं
प्रवक्ता होमेन्द्र वोगटी,समाजसेवी उर्मिला लामा, होटल मकालुका डायरेक्टर मोहन प्रधान,बिपीसी कलेजका
क्याम्पस प्रमुख बिनय श्रेष्ठ,प्रध्यापक हरीरत्न तुलाधर,युगल प्रसाद साह,बासु कर्ण,कलेजका कोडिनेटर
अरबिन्द श्रेष्ठ ,कलेजका प्रशासन प्रमुख एवं कार्यक्रम संयोजक संकल्प शाक्य ,संघीय समावेसी मधेसी युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादव,सल्लाहकार ओमप्रकास सर्राफ ,बिद्यार्थी फोरम पर्साका अध्यक्ष यशवन्त
यादव,ठाराव ईकाई अध्यक्ष अमोद यादव,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको उपस्तिथी
रहेको थियो ।

parsa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस