Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 9, 2016 पर्सा - PRS, समाज

सरकारको काम कारबाही सन्तोषजनक छैन: नेम्वाङ्ग

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, विराटनगर ।  पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको काम कारवाही चित्त बुझ्दो नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न खोजेको आरोप लगाउनु भएको हो । साथै सरकारमा सहभागि दलले विधिको शासनलाई आत्मसाथ नगरेको आरोप लगाउनभयो

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले अघिल्ला सरकारले गरेको निर्माणहरु एक पछि अर्को गर्दै उल्टाउने प्रयास गरेको आरोप लगाउनु भयो । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले सबै काम संविधान र कानूनले स्थापित मान्यता विपरित गएकोले अहिलेको सरकारले के गर्न खोजेको हो ? उहाँको प्रति प्रश्न थियो ।

उहाँले हिजो प्रचण्डले गरेको सम्बोधन प्रति असन्तुष्ट ब्यक्त गर्दै कुन संविधानलाई टेकेर नयाँ कार्यक्रम आएको हो भन्दै प्रश्न गर्नुभयो । ‘सम्बोधन हो की ? नयाँ निति कार्यक्रम हो ? त्यो मैले बुझ्न नसकि बताउदै प्रधानमन्त्री पुष्पकमल दाहालको व्यावहार र काम गराईको बारेमा आफु अनविज्ञ रहेको बताउनुभयो

उहाँले  मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने बहानामा देश र जनताको हित विपरित संविधान संशोधान कार्य भए आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । राष्टको गौरव र अस्तित्वलाई संकटमा नपार्न माओवादी नेतृत्वलाई सुझाव दिनुभयो ।

मधेसी मोर्चाले उठाएको मागलाई छलफल र सम्बादबाट सावधान गर्न सकिने भन्दै  नेम्वाङले  ‘आवश्यता अनुरुप देश र जनताको हितमा संविधान संशोधान गर्नु पर्छ तर यसमा सबै दलको सहमति आवश्यक छ रहेको उहाँले बताउनुभयो  ।  सरकारले संविधान संशोधानको प्रस्ताव लाने भन्ने कुरा सुनेको तर प्रतिपक्षमा रहेको एमालेलाई समेत यसबारेमा जानकारी नदिएको बताउनुभयो । आपसी रुपमा सरकारले आफुखुशी कुरा गर्नुभन्दा पनि प्रतिप्रछि दलको सुझावलाई आत्मसाथ गरेर नेपाली जनताको हित र राष्टिय सम्मानबाट अगाडि बढेको खण्डमा सरकार ले आफनो दायित्व पुरा हुने उहाँले बताउनुभयो