2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

चालकलाई आक्रमण गर्न भन्दै ट्रकमाथि चढ्ने युवाको खसेर मृत्यु

साउन ३१, बुटवल | मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न  भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ ।   बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका  तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा सिद्धार्थ राजमार्ग अन्तर्गत  बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न सङ्केत गर्दा उल्टै श्रेष्ठ सहितका ४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्न ट्रकमा चढेका थिए । 

ट्रकबाट खसेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । पाल्पा जिल्लाका  प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहराले ट्रक  सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक