१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौंको चोरी

६ भाद्र २०७९, सोमबार ०८:०३

भदौ ६, सप्तरी | राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले  लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ।

स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा छ । चोरहरू घरकाे मुख्य गेटबाट हाम फालेर भित्र पसेका थिए ।


चोरहरूले दराजको दुई वटा लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पीडित श्याम देवले जानकारी दिए । देव घरमा एक्लै थिए । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएपछि नजिकै रहेको भाइ प्रमोद देवलाई फोन गरेर बोलाएपछि चाेरी भएकाे खुलेकाे हाे । 

केही दिनअघि कान्छो छोराको विवाह गरेकोले नयाँ बुहारीको गहना, जेठी बुहारी र श्रीमतीको समेत गहना चोरले लगेको छ। पछिल्लो केही दिनयता राजविराजमा मानिस नभएको, एक्लै भएको मौका छोपेर चोरी गर्ने घटना बढिरहेकाे छ । 

राजविज-२ स्थित अमरदीप देव र पाण्डव सिंहको घरको ताल्चा फोरेर  लत्ताकपडा, गरगहना, नगद चोरी भएको दुई साता नबित्दै पुनह राजदेवी चाेकको प्रहरी बिट अगाडिबाटै चोरी हुनु दुःखद् घटना भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार