१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाल बन्दकाे माैकामा बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी

७ भाद्र २०७९, मंगलवार ०७:२०

भदौ ७, दाङ | दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ।

बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार गाडीधनीको सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्।


चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का हुन्। आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरेको थियो।

आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ। अनुसन्धानका क्रममा चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । घोराही(लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले पाँच(छ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।

यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगगजनिमा आफूहरुको संलग्नता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार