२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

तराईमा बन्दको आंशिक प्रभाव

२०७९, ७ भाद्र मंगलवार ०८:०५

भदौ ७, भैरहवा | सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाे, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पाताेलाे चलेका थिए । 


बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द भए भने सार्वजनिक यातायातका सधान पनि न्यून थिए । दिउँसाे सञ्चालन हुने विद्यालय र क्याम्पसमा पनि पठनपाठन भएनन्ब । निजी सवारीसाधन जस्तै मोटसाइकल, चारपाङ्ग्रे गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग ईरिक्साले व्यापक रुपमा गरिरहेका छन् । 

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए । सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

Avatar

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएकाे उनकाे भनाइ छ ।

भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन् । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै