१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिन दहाडै हतियार देखाएर आईएमई लुटपाट

१० भाद्र २०७९, शुक्रबार ०८:१२

भदौ १०, सर्लाही | सर्लाहीकाे दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । 

घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ