2026-09-11 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृह र संचारकर्मी माथी आक्रमण र धम्कीप्रति युवा गठबन्धनको घोर भत्र्सना

parsa newsफागुन ११, वीरगंज ।
वीरगंजबाट प्रकाशित हुने राष्ट्रिय सहारा दैनिक पत्रिकाका प्रकाशक/सम्पादक चन्द्रभुषण साहलाई ९८५१०६८९१६
नम्बरको मोबाईलबाट अपशब्द प्रयोग गरि तथानाम गाली गलौज गर्दै धम्कयाएको घटना प्रति संघीय समावेसी मधेसी
युवा गठबन्धन पर्साले घोर भत्र्सना गरेको छ ।

गठबन्धनका संयोजक
ईश्वर यादवले आज एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार राष्ट्रको चौथो अंग भएतापनि समाजकै व्यक्तिहरुबाट
पत्रकारमाथि कुनैपनि प्रकारले धाक–धम्की दिनु कानुनी राज्यको उपहास भएको जनाएका छन् ।

त्यसै गरि मध्यतराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम १०३.८ मेगाहर्जमा
यहि फागुन ९ गते बिहान अपरिचित समुहले आक्रमणगरी एफ.एम.मा कार्यरत सुरक्षा गार्डलाई घाईते बनाएको घटना
प्रति समेत युवा गठबन्धनले बिरोध गरेको छ ।

यादवले कुनै पनि
संचारकर्मीलाई समाचार लेखेकै बहानामा धम्क्याउनु र संचारमाध्यममाथि आक्रमण गरी जनताको सु–सूचित हुन
पाउने अधिकारबाट बञ्चित गराउने प्रयास कुनै पनि हालतमा क्षम्य हुन नसक्ने तथा लोकतन्त्र तथा अभिव्यक्ति
स्वतन्त्रतामाथि ठाडो प्रहार भएकोले स्वतन्त्र प्रेसलाई रक्षा गर्न र कानुनी राज्यको अनुभूति गराउन
घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानुनी कारवाही गर्न युवा गठबन्धन पर्सा सम्बन्धित पक्षसँग जोडदार
मा“ग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस