भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिक"/>
२८ मंसिर २०८२, शनिबार
पर्सा - PRS

वीरगन्जको विद्युत् प्राधिकरणमा एक करोड घाटा

२८ भाद्र २०७३, मंगलवार ०४:०२

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ । 

हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइरहेको वितरण केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले बताउनुभयो । ग्रामीणक्षेत्रमा बढ्दो विद्युत् चुहावटलाई असुरक्षाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । कूल ५९ हजार ग्राहकलाई विद्युत सेवा पु¥याउँदै आएको प्राधिकरणले बन्द भएको वीरगन्ज चिनी काराखानासँग रु तीन करोड, कृषि औजार कारखानासँग दुई करोड तथा अन्य सरकारी कार्यालयसँग गरी रु २० करोडसहित ६७ करोड रुपैया बक्यौता रकम उठाउन नसकेको हो । 

प्राधिकरणले विद्युत् चुहावट गर्ने ६७ जना ग्राहकलाई कारबाही गरी आठ लाख ६१ हजार २५० तथा ४२५ जना ग्राहकको लाइन काटी रु दुई करोड ९१ लाख ३३ हजार रकम असुलेको प्राधिकरण प्रमुख श्रीवास्तवले बताउनुभयो । कालोसूचीमा रहेका २९ हजार ग्राहकसँग प्राधिकरणले ११ करोड ३२ लाख ६९ हजार ११४ रुपैयाँ उठाउन बाँकी रहेको छ । ९५ प्रतिशत रकम सङ्कलन गरे पनि ग्रामीण क्षेत्रमा हुने विद्युत् चुहावट भने असुरक्षाका कारण रोक्न नसकिएको बताइएको छ । 

विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोर्नेलाई कारबाही गर्न जाँदा ग्रामीणवासीले प्राधिकरण कर्मचारीलाई कुटपिट गर्ने गरेकाले यो समस्या आएको बताउनुभएको छ । प्राधिकरणसँग कर्मचारी तथा स्रोतसाधनको अभावका कारण हाल पर्सा जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । वीरगन्ज उपमहानगरपालिकाले सडकबत्ती बालेबापत प्राधिकरणलाई १५ करोड ६२ लाख रुपैयाँ तिर्न नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे