2026-09-11 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट

असोज ९, बैतडी | बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो । 

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जानेबित्तिकै गालीग्लौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने ।

कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ । 

यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार दुबै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस