2026-09-12 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पर्यटकको स्वागतमा जुटेका होटल व्यवसायीमाथि साङ्घातिक आक्रमण

असोज १२, महोत्तरी। पर्यटकको  स्वागतमा जुटेका महोत्तरीका होटल व्यवसायीहरू पर्यटकबाटै असुरक्षित बनेका छन् । धनुषाबाट आएका ११ युवाले सोमबार पानस होटलका सञ्चालक रोशन कार्कीमाथि साङ्घातिक हमला गरेका छन् ।

पर्यटन दिवसको अवसरमा आन्तरिक र वाह्य पर्यटकलाई १२ असोजसम्म होटल व्यवसायीले खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशत छुट दिइरहेका छन् । सोही अफरलाई मध्यनजर गर्दै नजिक र टाढाबाट आउनेहरूको विशेषगरि बर्दिबासमा भीड बढेको छ । तर, उच्छृङ्खल युवाहरूको समूहले होटल व्यवसायीहरूलाई धम्क्याउने जस्ता गुनासो बढिरहेको बेला सोमबार आक्रमण नै भएपछि व्यवसायीहरूले त्यस निन्दा गरेका छन् ।

पैसा माग्ने क्रममा विवाद हुँदा ती युवाले आक्रमण गरेकाे पीडितकाे भनाइ छ । `उनीहरू आपसमा झगडा गर्न थालेपछि होटल अशान्त बढ्दै गयो त्यसपछि मैले पैसा दिनुस् र जानुस् । यत्तिकैमा उनीहरू मैमाथि झम्टिए, ´ उनले भने ।

११ जनाले बाँसको चिर्पट र  मुक्का प्रहार गरेको पीडित होटल व्यवसायीकाे भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार हाेटल व्यवसायी कार्की होटल बाहिर गेट बन्द गर्न जाँदै थिए । गेटनिर नै उनीहरूले चिर्पट प्रहार र मुक्का प्रहार गरे र लडाएर घाँटी न्याकेका थिए । होटलमा राखिएको सिसीटिभी फुटेजमा समेत उक्त झगडाको दृश्य कैद भएको छ । 

आक्रमण गर्ने युवा धनुषा क्षिरेश्वर नगरपालिकाका रहेकाे र पीडितले प्रहरीमा किटानी जाहेर दिएका छन् । टाटा सुमोमा आएका उनीहरू सबैलाई रोकेर पक्राउ गर्न नसके पनि इलाका प्रहरी कार्यालय बर्दिबासले पाँच जनालाई पक्राउ गरिसकेकाे छ ।

पक्राउ पर्नेमा महेन्द्रनगर सखुवाका २२ वर्षे राघव ठाकुर, सोही ठाउँ बस्ने २४ वर्षे मोजिम साफी, २१ वर्षे धिरज गुप्ता र वडा नम्वर ६ बस्ने  २३ वर्षे अनिकेश साह छन् ।

उनीहरू चारै जनालाई मादकपदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरि कार्यालय गौरिडाडाले जनाएको छ । अन्य सात जनाको पनि सनाखत भैइसकेको इलाका प्रहरी  कार्यालयले जानकारी दिएको छ । उनीहरूको खोजतलास भैइरहेको र छिट्टै पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाइ छ ।

होटल तथा पर्यटन व्यवसायीको भर्त्सना

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले कार्कीमाथि भएको आक्रमणको ध्यानाकर्षण जनाएको छ । पर्यटन व्यवसायी संघ महोत्तरीका उपाध्यक्ष गोपाल कार्कीले दाेषीलाई पक्राउ गरि अबिलम्ब कारवाही गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, कार्कीमाथि नियतबस भएको घटना निन्दनीय र जघन्य अपराध भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायी संघले बैठक वसेर विज्ञप्ति समेत जारी  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस