२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पर्यटकको स्वागतमा जुटेका होटल व्यवसायीमाथि साङ्घातिक आक्रमण

१२ आश्विन २०७९, बुधबार ०७:३३

असोज १२, महोत्तरी। पर्यटकको  स्वागतमा जुटेका महोत्तरीका होटल व्यवसायीहरू पर्यटकबाटै असुरक्षित बनेका छन् । धनुषाबाट आएका ११ युवाले सोमबार पानस होटलका सञ्चालक रोशन कार्कीमाथि साङ्घातिक हमला गरेका छन् ।

पर्यटन दिवसको अवसरमा आन्तरिक र वाह्य पर्यटकलाई १२ असोजसम्म होटल व्यवसायीले खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशत छुट दिइरहेका छन् । सोही अफरलाई मध्यनजर गर्दै नजिक र टाढाबाट आउनेहरूको विशेषगरि बर्दिबासमा भीड बढेको छ । तर, उच्छृङ्खल युवाहरूको समूहले होटल व्यवसायीहरूलाई धम्क्याउने जस्ता गुनासो बढिरहेको बेला सोमबार आक्रमण नै भएपछि व्यवसायीहरूले त्यस निन्दा गरेका छन् ।


पैसा माग्ने क्रममा विवाद हुँदा ती युवाले आक्रमण गरेकाे पीडितकाे भनाइ छ । `उनीहरू आपसमा झगडा गर्न थालेपछि होटल अशान्त बढ्दै गयो त्यसपछि मैले पैसा दिनुस् र जानुस् । यत्तिकैमा उनीहरू मैमाथि झम्टिए, ´ उनले भने ।

११ जनाले बाँसको चिर्पट र  मुक्का प्रहार गरेको पीडित होटल व्यवसायीकाे भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार हाेटल व्यवसायी कार्की होटल बाहिर गेट बन्द गर्न जाँदै थिए । गेटनिर नै उनीहरूले चिर्पट प्रहार र मुक्का प्रहार गरे र लडाएर घाँटी न्याकेका थिए । होटलमा राखिएको सिसीटिभी फुटेजमा समेत उक्त झगडाको दृश्य कैद भएको छ । 

आक्रमण गर्ने युवा धनुषा क्षिरेश्वर नगरपालिकाका रहेकाे र पीडितले प्रहरीमा किटानी जाहेर दिएका छन् । टाटा सुमोमा आएका उनीहरू सबैलाई रोकेर पक्राउ गर्न नसके पनि इलाका प्रहरी कार्यालय बर्दिबासले पाँच जनालाई पक्राउ गरिसकेकाे छ ।

पक्राउ पर्नेमा महेन्द्रनगर सखुवाका २२ वर्षे राघव ठाकुर, सोही ठाउँ बस्ने २४ वर्षे मोजिम साफी, २१ वर्षे धिरज गुप्ता र वडा नम्वर ६ बस्ने  २३ वर्षे अनिकेश साह छन् ।

उनीहरू चारै जनालाई मादकपदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरि कार्यालय गौरिडाडाले जनाएको छ । अन्य सात जनाको पनि सनाखत भैइसकेको इलाका प्रहरी  कार्यालयले जानकारी दिएको छ । उनीहरूको खोजतलास भैइरहेको र छिट्टै पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाइ छ ।

होटल तथा पर्यटन व्यवसायीको भर्त्सना

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले कार्कीमाथि भएको आक्रमणको ध्यानाकर्षण जनाएको छ । पर्यटन व्यवसायी संघ महोत्तरीका उपाध्यक्ष गोपाल कार्कीले दाेषीलाई पक्राउ गरि अबिलम्ब कारवाही गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, कार्कीमाथि नियतबस भएको घटना निन्दनीय र जघन्य अपराध भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायी संघले बैठक वसेर विज्ञप्ति समेत जारी  गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल