२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सांसद यादवद्वारा पिपरामा स्नानगृहको शिलान्यास

२६ फाल्गुन २०७२, बुधबार ०९:५२

फागुन २६, वीरगंज । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज
एक कार्यक्रमका बिच स्नानगृहको शिलान्यास गरेका छन् । वीरगंज उपमहानगरपालिका वाड नं. १७ सानो पिपरा
स्थित रहेको श्री बौधीमाई मन्दिर प्राङ्गनमा सो शिलान्यास गरेका हुन ।

शक्तिपिठ श्री बौधीमाई मन्दिर तथा हनुमान संरक्षण संस्था एवं सानो पिपरावासीको आर्थिक सहयोगमा
निर्माण हुन लागेको स्नानगृहको लागि सांसद यादवले आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रतिवद्धता व्यक्त
गरेका थिए । संस्थाका बरिष्ठ सल्लाहकार जगरनाथ राउत कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वतमान
वडा अध्यक्ष भरत कुर्मी, स्थानिय अगुवाहरु मुक्ती राउत कुर्मी, सुनिल पटेल, नेकपा एमालेका युवा नेताहरु
लालबाबु यादव , रामकिसोर सिंह पराग, जगमोहन पटेल मन्दिरका पुजारी लगायत स्थानिय बासिन्दाहरुको सहभागिता
रहेको थियो ।
birjung 4

शिलान्यास कार्यक्रम पश्चात
आयोजित सभालाई सम्बोधन गर्दै सांसद यादवले धार्मिक महत्व वोकेका धरोहरहरु राष्ट्रको सम्पति भएको हुनाले
यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य भएको बताए । मन्दिर बिकासको लागि स्थानियबासिन्दाहरुले
गरेको प्रयासलाई सराहाना गर्दै यादवले आगामी बजेटमा यस मन्दिर बिकासको लागि रकम छुट्याउने घोषना समेत
गरेका थिए ।

birjung 3

साथै यादवले यस क्षेत्रको
बिकासको लागि पर्यटन बोर्ड काठमाडौंमा समेत पहल गर्ने बताएका थिए । श्रीसिया नदी फोहर र दुर्घन्दित भएको
कारण मरण हरन तथा पुजापाठको बेला नुहाउन निकै गाह्रो भएको हुनाले सो स्नानगृह निर्माण गर्न लागिएको
संस्थाका सचिव अनिल पटेलले बताए । कार्यक्रमको सहजीकरण युवा नेता अनिल पटेलले गरेका थिए ।

birjung 2

birjung 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने