२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अन्र्तराष्ट्रिय राजनितिक गोष्टीको सम्पुर्ण तयारी पुरा ,भोली गोपाल मण्डली वीरगंजमा हुने

२८ फाल्गुन २०७२, शुक्रबार ११:३४

फागुन २८, वीरगंज । बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा भोली शनिबार
वीरगंजमा अन्र्तराष्ट्रिय राजनितिक गोष्टी हुने भएको छ । वीरगंज स्थित गोपाल मण्डलीको सभाहलमा फागुन २९
गते बिहान १०ः३० बजे हुने गोष्टीको सम्पुर्ण तयारी पुरा भईसकेको र भोली निर्धारित समयमै कार्यक्रम शुरु
हुने कार्यक्रमका संयोजक ओमप्रकास सर्राफले बताए ।

गोष्टीमा
भारत सरकारका पूर्व केन्द्रिय मन्त्री एवं भाजपाका बरिष्ठ नेता प्रो.डा. संजय पासवान,बिद्यायक प्रमोद
कुमार,प्रकास राय,अशोक वत्स,प्रभावशाली रंगनाथ पाण्डे, रामबाबु यादव,श्यामबिहारी प्रसाद,पुर्व अधिकारी
केबी उपाध्याय,समाजसेवी एवं बिश्लेशक र मधेस केन्द्रित दलका अध्यक्ष एवं प्रभावशाली
नेता,सांसद,केन्द्रिय तथा जिल्लास्तरीय नेता ,बौद्धिक जमात एवं बिश्लेषकहरुको समेत सहभागिता रहने संयोजक
सर्राफले बताए । गोष्टीको मुख्य उद्देश्य नै पौराणिक काल देखि चल्दै आएको नेपाल भारत सम्बन्धलाई अझ
सशक्त र सौर्हाद बनाउने तथा भारतको चेतनशिल वौद्धिक जमात एवं बिश्लेषकहरुको मधेस प्रतिको दृष्टिकोण र
बिचार आदान प्रदान गर्ने रहेको आयोजक समितीका सदस्य ईश्वर यादवले बताए ।

janaki
सो
गोष्टीबाट नेपाल र भारतको सम्बन्ध अझै बलियो र प्रगाढ हुने बिश्वास लिएको समितीका वरिष्ठ सदस्य बिजय
महासेठले बताए । भोली हुने अन्र्तराष्ट्रिय राजनितिक गोष्टी आयोजक समितीमा मिडिया प्रभारी संतोष
पटेल,सल्लाहकारहरु बिजय सरावगी,गणेश लाठ,प्रो.डा. दिपक शाक्य,अधिवक्ता सुरेन्द्र कुर्मी,प्रो.बाशुदेवलाल
दास ,समितीका सदस्यहरु प्रो. रन्जना झा,अशोक यादव,पण्डित पुरुषोत्म दुवे,अनिल गुप्ता,बिष्णु पटेल लगायत
रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने