१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अन्र्तराष्ट्रिय राजनितिक गोष्टी वीरगंजमा सम्पन्न

२९ फाल्गुन २०७२, शनिबार ११:२९

फागुन २९, वीरगंज ।
बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा नेपाल भारत अन्तर सम्बन्ध एवं मधेस बिषयक बिचार गोष्टी
वीरगंजमा सम्पन्न भएको छ ।

गोपाल मण्डलीको सभाहलमा आयोजित
गोष्टीलाई सम्बोधन गर्दै भारत सरकारका पुर्व केन्द्रिय मन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ट नेता
प्रो. डा. संजय पासवानले नेपाल र भारतको रोटी बेटी संगै रगतको सम्बन्ध रहेको बताएका थिए । कार्यक्रमका
प्रमुख अतिथी समेत रहेका पासवानले नेपाल र भारतको भौगोलिक ,साँस्कृतिक र समाजिक सम्बन्धलाई अझै प्रगाढ
बनाउनको लागि काठमाडौं र दिल्ली मात्र नभई बोर्डर छेउछाउमा समेत अन्तरक्रिया हुन जरुरी रहेको बताए

parsa 1

नेपालमा जारी मधेसीहरुको आन्दोलन सफल हुने र शहिदहरुको
सहादत खेर नजाने बताउदै पहिचान र अधिकारको आन्दोलन जायज रहेको बताएका थिए । कार्यक्रमका बिशिष्ट अतिथी
फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवं पुर्व सुचना तथा संचारमन्त्री राजकिसोर यादवले सरकार मधेस
आन्दोलनलाई बदनाम गर्ने र आन्दोलन तुहाउने खेलमा लागेको बताउदै आन्दोलन सफल नभए सम्म जारी रहने बताएका
थिए ।

मन्त्री यादवले सरकारले खोक्रो राष्ट्रवादको नारा
दिने तर आफनै देशका नागरिकले बिगत सात महिना देखि गरिरहेको अधिकार र पहिचानको आन्दोललाई वेवास्ता गर्नु
दुर्भा्ग्यपुर्ण रहेको बताउनु भयो । सरकार र प्रमुख दलहरु नसंलबादी चिन्तनबाट ग्रसित भएको कारण र
संबिधान पुर्नलेखन नगरे सम्म आन्दोलन नरोकिने बताउनु भयो । सदभावना पार्टीका सह अध्यक्ष एवं मन्त्री
लक्ष्मणलाल कर्णले सरकारले मधेसी मोर्चा संग वार्ताको नाममा नौटंकी मात्र गरिरहेको र मधेसी जनताको भावना
अनुरुप आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए ।

parsa 2
नेपाल
सदभावना पार्टीका महासचिव शिव पटेलले जारी मधेस आन्दोलन मुठीभर तस्करहरुले बदनाम गराए अब मधेसी जनताले
त्यस्ता भु माफिया र तस्करहरुलाई तह लगाउने बेला आएको बताउदै मधेसी मोर्चाका नेताहरुले समेत आत्म
समिक्षा गरी ईमन्दारीपुर्वक आन्दोलनमा सरिक भए जारी आन्दोलन सफल हुने बताएका थिए ।


गोष्टीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बिजय सरावगी ,
मधेस चिन्तन प्रतिष्ठानका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी,नागरिक समाजका अगुवा प्रोफेसर डा. दिपक
शाक्य,फोरम लोकतान्त्रिक पर्साको अध्यक्ष शशिकपुर मियाँ, तराई मधेस महिला संघकी केन्द्रिय सदस्य पिंकी
यादव,बनारसका बरिष्ठ पत्रकार रुपेश पाण्डे,बिहार बिश्व बिद्यालयका प्रध्यापक डा. अनिल पासवान ,नेपाल
पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, ईण्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ता
लगायतकाले गोष्टीलाई सम्बोधन गर्दै नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत गर्न जोड दिएका थिए ।


मुल आयोजक समितीका बरिष्ठ सदस्य बिजय महासेठको सभापतित्वमा सम्पन्न
कार्यक्रम मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण तथा स्वागत मन्तव्य युवा नेता ईश्वर
यादव र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक ओम प्रकास सर्राफले गरेका थिए । गोपाल मण्डलीमा आयोजित गोष्टीमा
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत,पुर्व राज्यमन्त्री करिमा
वेगम,वरिष्ठ पत्रकार चन्द्रकिसोर झा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शितल महतो,वीरगंज उद्योग
वाणिज्य संघका पुर्व अध्यक्षद्वव गणेशलाठ र ओमप्रकास सिकारीया ,तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय
सदस्य एवं पुर्व सभासद आत्माराम साह,नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य अधिवक्ता अनिरुद्ध
सिंह,तराई मधेस महिला संघकि केन्द्रिय सदस्य रेखा कर्ण,मधेसी युवा समाजका केन्द्रिय अध्यक्ष अशोक
यादव,फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय यादव,सदभावना महिला मंचकी उपाध्यक्ष मुनी
श्रीवास्तव,सुनचाँदी व्यवसायि संघ पर्साका अध्यक्ष निरज सर्राफ,ईन्जिनियर एसोसियसन पर्साका उपाध्यक्ष
बिनोद यादव,नेपाल वार एशोसिएसन पर्साका पुर्व अध्यक्ष पन्नालाल गुप्ता,प्रो. देवेन्द्र मिश्रा,एन आई
कलेजका वीरगंजका क्याम्पस प्रमुख बिनोद प्रसाद , दि राइजीङ्ग नेपाल पर्साका कार्यवाहक अध्यक्ष पंकज
पटेल,हिन्दुवादी नेता बिनय यादव,राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, बिश्व
हिन्दू परिषदका पं. पुरुषोतम दुवे,राप्रपा नेपालका केन्द्रिय सदस्य देवनाथ उपाध्याय लगातको सक्रिय
सहभागिता रहेको प्रचार प्रसार प्रमुख दिपक सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै